विद्यार्थीमा स्वाइन फ्लु देखिएपछि निजी विद्यालय बन्द 

557 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ठमाडौं, २० फागुन । राजधानीको एक निजी विद्यालयमा स्वाइन फ्लु संक्रमित विद्यार्थी फेला परेपछि विद्यालय बन्द गरिएको छ ।

कलंकीस्थित पिनाकल स्कुलमा कक्षा ९ मा अध्ययरनरत विद्यार्थीमा स्वाइन फ्लुको लक्षण देखिएप्छि विद्यालय बन्द गरिएको सो विद्यालयले जनाएको छ ।

सो विद्यालयका प्रिन्सिपल नेमराज घिमिरेले विद्यार्थीको स्वास्थ्थ परीक्षण गर्दा स्वाइन फ्लुको लक्ष्मण देखिएपछि टेकु अस्पतालमा भर्ना गरिएको जानकारी दिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

उनले एक जना विद्यार्थीमा यसको लक्ष्मण देखिएपछि तत्काल अस्पताल लगिएको बताए ।