खाद्यन्न बाली सम्बन्धी तीन दिने तालिम

632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १९ फागुन -जिल्ला कृषि विकास कार्यालय धादिङले आयोजना गरेको जिल्ला स्तरीय खाद्यन्न बाली सम्बन्धी तीन दिने तालिम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । तालिममा खाद्यन्न बाली अन्र्तगत मकै र धान खेतीका बारेमा धादिङ जिल्ला भरका १८ जना किसानहरुलाई कृषि सम्बन्धी जागरुक बनाउने र कृषि क्षेत्रको विकास गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताईएको छ । तालिममा धान र मकै खेती गर्ने तरिकाहरु, समस्याहरु, बीउ उत्पादन प्रविधिका विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । तालिम दिइसकेपछि आफूहरुले उत्पादन गरिरहेको उत्पादन बालीहरुबाट व्यावसायीक आम्दानी लिन सहयोग पुग्ने र आगामी दिनहरुमा यस्ता तालिमहरुको आवश्यकता पर्ने किसानहरुले बताएका छन् । तालिम पश्चात धान तथा मकैको बीउ उत्पादन कार्यक्रमका बारेमा किसानहरुले थाहा पाउने, बीउको प्रमाणिकरण विधिका बारेमा थाहा पाउने जिल्ला कृषि विकास कार्यलय धादिङका प्रमुख महेन्द्रराज कौडालले जानकारी दिनुभयो । तालिममा धादिङको नीलकण्ठ नगरपालिका सहित त्रिपुरेश्वर, वैरेनी, तसर्पु, मैदी, सेर्तुङ लगायतका गाँउ विकास समितिका किसानहरुको सहभागीता रहेको थियो । तालिममा उपस्थित सबै सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।