बिषादीको प्रयोग रोन उपभोक्तालाई सचेतना

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १९ फागुन ÷विषादीको प्रयोगले मानव जिवनमा पर्ने असरहरुका बारमो उपभोक्ता सचेतना दिन एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुरले मंगलबार धादिङबेसीमा सम्पन्न गरेको कार्यक्रममा भारत चिन र अन्य देशहरुबाट सन् १९५० बाट नेपालमा विषादीको प्रवेश गराई प्रयोग सुरु गरिएको वताईएको थियो । शुरुमा परिक्षणका लागि भनेर ल्याईएको बिषादी अहिले किसानहरुले नियमित पक्रिया भित्र राखेर प्रयोग गरिदिंदा विषादी प्रयोगको अन्त्य गर्न नसकेको बाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुरका बाली संरक्षण निर्देशक डिल्लीराम शर्माले बताउनु भयो ।

किसानहरुले नगदे तथा खाद्य बालीहरु लगायत तरकारी बालीहरुमा ८५ प्रतिशत र अन्य बालीहरुमा १५ प्रतिशत विषादीहरु प्रयोग गर्ने गरेको तथ्याङक रहेको भए पनि धादिङका किसानहरुले भने तरकारी बालीमा ९५ प्रतिशत सम्म विषादी प्रयोग गर्ने गरेको कार्यक्रममा बताईएको थियो । अहिले नेपालमा १ सय १७ प्रकारका विषादीहरु दर्ता भई प्रयोगमा रहेकोमा १५ प्रकारका विषादीहरु भने अति घातक देखिएकाले बन्द भैसकेको शर्माले जानकारी दिनु भयो ।
किसानहरुले तरकारी बाली लगायत अन्य बालीहरुमा विषादी प्रयोगमा लापरवाही रोक्नुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण नेपालका केपी लम्सालले रासायनिक विषादीको प्रयोग कसरी गर्ने, बिषादीको घातक असर बाट बच्ने उपायहरु, कुन रोग लाग्दा कस्ता विषादीको प्रयोग गर्ने जस्ता विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई सहजिकरण गर्नु भएको थियो । यसै गरी बाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुरका बाली संरक्षण निर्देशक शर्माले विषादी भनेको के हो ?,विषादीको प्रयोग किन गरिन्छ, विषादीको प्रयोग बाट स्वास्थ्य मानिसमा पर्न जाने समस्याहरु, असरहरु, विषादीहरु कसरी मानिसको शरीमा प्रवेश गर्छ, विषादी प्रयोग गर्दा किसानहरुले अपनाउनु पर्ने विधीहरु, जस्ता विषय बस्तुहरुको बारेमा जानकारी गराउनु भएको थियो । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्द्रलाल शर्मा, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्र राज कौडाल, जिल्ल पशु सेवा कार्यालय धादिङका बरिष्ठ पशु अधिकृत देवेन्द्र भगतका साथै किसानका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,संचारकर्मीहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।