अभिनय गर्दा भावनाको डुवाईमा पुग्छिन् याङ्सु

848 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किरण अधिकारी
yaangsu (1)२०६३ सालमा पिता सुशिल श्रेष्ठ र माता कल्पना श्रेष्ठकी कोखबाट जन्मेकी हुन् बाल कलाकार याङ्सु श्रेष्ठ । राप्ती अञ्चलको
घोराही नगरपालिकामा जन्मेकी याङ्सु यतिबेला आफ्नो अभिनय तिर्खार्दै छिन् । सानै उमेरमा याङ्सु व्यस्त बन्न थालेकी छिन् ।
पाँच वर्षको उमेरदेखि नै अभिनय, सांगितिक क्षेत्रमा हामफालेकी याङ्सु कार्यक्रमको शिलशिलामा दाङ, प्युठान, रोल्पा र सल्यान घुमिसकेकी छिन् भने त्यहाँ आयोजना हुने महोत्सवहरुमा भाग लिएर अभिनय क्षमता देखाइसकेकी छिन् । उनी हाल दाङको माउन्ट भ्यू स्कूलमा कक्षा २ मा पढ्छिन् । सानै उमेरमा कलाकारको परिचय बनाइसकेकी छिन् । तर, पढाईलाई पनि निरन्तर अगाडि बढाउँदै लगेकी छिन् । उनको मुख्य रोल रहेको चलचित्र “परि” केही समयभित्र नै रिलिज हुने क्रममा छ । यसअघि उनले अभिनय गरेको “पुरानो माया” चलचित्र रिलिज हुने क्रममा छ । दाङ जिल्लामा आयोजना भएको लिटिल मिस प्रतियोगितामा वेस्ट ट्यालेन्ट, वेस्ट क्याटवाक र मिस क्युटको उपाधि हात पारेपछि उनमा साहस बढेको उनको भनाई छ । उनलाई यो क्षेत्रमा आउन आफ्ी आमा कल्पना श्रेष्ठ र उनको फुपु मन्दिरा श्रेष्ठबाट प्रेरणा मिलेको उनको भनाई छ । याङ्सुलाई कलाकार बन्न उनका पारिवारिक पृष्ठभूमिले पनि मद्दत गरेको छ । स्वयं उनकी आमा कल्पना पनि सिने कलाकार र व्युटिसियन पनि हुन् ।
अभिनयमा यति छिटो पारङ्गत भएको देखेर आमा कल्पना दङ्ग छिन् । यस्तै उनकोे प्रशिक्षक भने दङ्ग छिन् । प्रतिभाको खानी छ
जस्तो लाग्छ, यिनमा एकचोटी हेरेपछि टपक्क टिप्ने बानी छ । अभिनयमा निकै पोख्त छिन् । अभिनय गर्दा भावनाको डुवाईमा पुग्छिन् उनी । दैनिक डान्स क्लास, कम्पोजले गर्दा व्यस्त भएपनि पढाइमा उत्तिकै तेज हुनाले उनको शिक्षकहरु समेत दङ्ग छन् । याङ्सु दाङ जेसिसबाट समेत बालप्रतिभा पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । भविष्यमा पनि कला, अभिनय र संगीतलाई निरन्तरता दिई चर्चित कलाकार बन्ने इच्छा छ उनको । अत्यन्तै प्रतिभाशाली कलाकार बन्दैछिन् उनी । निकै मिहिनेती पनि छिन् उनी । अनुशासित र संघर्षशील छिन्, संघर्षले सफल होइने हो, त्यसैले संघर्ष गर्न पछि पर्दिन भन्छिन् उनी । बाल कलाकार याङ्सुको सांगेतिक जीवन सफल होस् हाम्रो शुभकामना ।