मञ्जुको सम्झनामा गीत ल्याए कमलकिरणले

831 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अत्यन्तै सुमधुर स्वरकी धनी स्व. लोकगायिका मञ्जु महतको सम्झनामा उनको पति एवं आधुनिक गायक कमल किरणले एल्वम “डढेलो” बजारमा ल्याएका छन् । एल्बम “डढेंलो” मा ५ वटा गीत संग्रहित गरेका छन् उनले । त्यसमधये दुईवटा गीत डढेलो स¥यो किन र “फक्रिएर फुल नफुल्दै” उनै मञ्जुप्रति समर्पित छ ।
कति मिठो प्रेम थियो, आज के भयो,
नभेटिने गरी कोही छुटेर गयो”
10988486_641672725936903_1468891007505501945_n (1)यो अन्तरालेल उनको पीडा छर्लङ्ग हुन्छ, अनि गीतमा भने जस्तै अब यो धर्तीमा कहिल्यै नफर्किने गरी गएकी छिन् मञ्नु । यो गीतको म्युजिक भिडियो समेत आइसकेको छ । यसको छायांकन भक्तपुर कौशलटार र भरोसो अस्पताल पुरानो बानेश्वरमा गरिएको छ । जसको शब्द, संगीत मनोराजको रहेको छ भने दिवस उप्रेती र सुप्रिया कटुवालको रहेको छ । यो गीतमा मञ्जुको दुर्घटना र उपचारको वास्तविकता चित्रण गरिएको छ । यो गीतमा वास्तविकता भेटिने छ । यो एल्बम “डढेंलो स¥यो, नेपाल बन्द भो, फक्रिएर फुल नफुल्दै्र, बगिजान्छ जिन्दगी र यो मनले तिमी लाई भन्ने गीत समावेश छ । त्यसैगरी अर्काे गीतको अन्तरा थोरै हेरौं तः
“फुल नफुल्दै कोपिलामा झर्नु पर्ने कस्तो जिन्दगी
बाँच्ने रहर हुँदाहुँदै मर्नुपर्ने कस्तो जिन्दगी”
यो गीतमा पनि वास्तविकता भेटिन्छ । समाजमा कतिपय अकालमा मृत्यु भइरहेको छ । दुर्घटना लगायत विविध कारणले ज्यान गुमाइरहेको यर्थाथता यो गतिमा समे्टिएको छ । जसमा शब्द, संगीत रमेशराज भट्टराईको
रहेको छ । आधुनिक गायकको छवि बनाएका कमल २०६० सालदेखि अनवरत यो क्षेत्रमा छन् । २०६५ सालमा पहिलो एल्वम बजारमा ल्याएका उनको यो एल्बम समेत तीनवटा एल्वम बजारमा आएको छ । निकै संघर्षशील कमलले यो पटक आफ्नो जीवनमा परेको बज्रपातलाई गीत मार्फत उतारेका छन् । निकै सुमधुर श्वर छ उनको । उनी आफूमा भएको प्रतिभा गुम्साएर राख्दैनन् । उनको सहनशील क्षमताले उनी यो स्थानमा आइपुगेका छन् । निकै संघर्षशील गायक कमलकिरण भन्छन्– जीवनमा जतिसुकै ठूलो दुर्घटना आइपरेपनि सहनै पर्ने रहेछ, त्यसैले म कामन गर्छु मेरो जस्तो घटना अरुलाई नपरोस् । डढेलोमा पनि उनको यही कामना छ । कमल किरण भन्छन्– म भविष्यमा पनि संगीत क्षेत्रमा नै रहन्छु । संगीत मेरो नशानशामा बष्ेको छ । संगीते मलाई जीउन सिकाएको छ । त्यसैले म यो क्षेत्रबाट टाढा हुन सक्दिन । उनको सांगेतिक जीवन सफल होस् अनि एल्वम “डढेंलो”ले सफलता पाओस् हाम्रो शुभकामना ।

(धादिङ न्यूजका लागि नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवि सन्देशका प्रकाशक किरण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित )