विद्यालयमा अतिरिक्त क्रियाकलापको महत्व

9490 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dilli

कुनै पनि काममा सफलता प्राप्त गर्न अतिरिक्तकामको आवश्यकता पर्छ, अतिरिक्त काम भन्नाले गर्न लागेको कामलाई सहयोग पु¥याउने थप क्रियाकपला भन्ने बुझिन्छ । जुनसुकै पक्षमा अतिरिक्तको जरुरत पर्छ जस्तै हाम्रो व्यवहार चलाउन आवश्यक भैरहेको आर्थिक श्रोतले नियमित कामहरु चलिरहेता पनि मानौ अस्वस्थ्य भयौ त्यतिवेला अतिरिक्त वचत रकमको जरुरत पर्छ नत्र नियमिताले मात्र हाम्रो दैनिक गतिविधिमा भोरै तलमाथी हुँदा गतिरोध उत्पन्न हुनसक्छ । त्यस्तै विद्यालयका शैक्षिक क्रियाकलापमा पनि अतिरिक्त क्रियाकलापको भुमिका त्यस्तै हुन्छ । हाम्रो शारिरीक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खेलकुद, चेतनामुलक तथा नैतिकता संबन्धिका विषयबस्तु नभई हुँदैन जसले विद्यार्थीलाई शारिरीक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पुर्ण बनाउन सक्छ । यसै कुरालार्य महत्व दिएर र्नै शिक्षा नियमावली २०५९ मा पनि अतिरिक्त क्रियाकलाप को व्यवस्था गरेको छ । उक्त नियमावलीको परिच्छेद १४ को नियम ७६ मा अतिरिक्त क्रियाकलाप कार्यक्रम सन्चालन गर्नुपर्ने भन्ने कुरा उल्लेख गरेको छ । नियम ७३ को उपनियम १ मा यस्तो लेखिएको छ, विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासका लागि विद्यालयमा अतिरिक्त क्रियाकपाल कार्यक्रमा सन्चालन गर्नुपर्ने । उपनियम–२, अतिरिक्त क्रियाकपाल कार्यक्रम शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्ने छ । माथि उल्लेख गरिएका शिक्षा नियममावलीको कुरा गर्दा शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनु पर्ने छ भनिएको छ, तर शुक्रबारको दिन धेरैजसो क्षिकशहरुको अर्को कामको योजना बनिसक्छ कहिलेकाही त कस्तो पनि देखिन्छ भने विद्यार्थीको अतिरिक्त क्रियाकलापको मुल्यांकन गर्नुपर्ने शिक्षकहरु पनि कार्यक्रम अवधिभर नबसेको पाईन्छ भने कार्यक्रम प्रभावकारी बनाउन नसक्दा यसको महत्व विद्यार्थीलाई बुझाउन नसक्दा भागलिने बाहेकका दर्शक विद्यार्थी पनि समय सम्म नबसेको पाईन्छ ।
उपनियम–४, देहायबमोजिमका प्रतियोगितामा विद्यार्थीहरुलाई भाग लिनुपर्ने छ भनिएको छ ,
क, चित्रकला र हस्तकला प्रतियोगिता
ख, वाद्यवादन प्रतियोगिता
ग, नृत्य प्रतियोगिता
घ, नाटक प्रतियोगिता
ङ, वक्तृत्वकला प्रतियोगिता
च,हाजिरीजवाफ प्रतियोगिता
छ, हिज्जे प्रतियोगिता
ज,खेलकुद प्रतियोगिता
झ, साहित्यिक गतिविधि, कविता र निबन्ध प्रतियोगिता
ञ, फुलवारी प्रतियोगिता
ट, अन्य प्रतियोगिता

यसै उपनियममा विद्यालयले शुक्रवारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको कार्यक्रममा सहभागी गराउनु पर्नेछ भनि उल्लेख गरिएको छ । यसकारण नैतिकताको पाठ बढाउँदा आफु नैतिकवान बन्न सक्नुपर्छ अनुशासनको अनुसरण विद्यार्थीले शिक्षकबाटै गर्ने हो भने खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप पनि शिक्षकले नै आफै गर्ने गर्न लगाउने वा नमुनाका रुपमा अतिरिक्त कार्यक्रम गर्ने, शिक्षक शिक्षकका वीच प्रतियोगितात्मक कार्यक्रम नर्गदासम्म यसको महत्व रहदैन, खेलकुदको फाईदा खेलकुदको महत्व, खेलकुदका राम्रा गतिविधिको जानकारी गराई प्रतिभाको विकास गराउने काममा शिक्षक अग्रसर हुने हो भने, नाटकले वक्तृत्वकलाले लेख्ने सीप तथा वोल्नेसीपमा अतिरिक्त विकास भई पालो पर्खने, कुरा गर्दा आक्षेप नलागाउने, संवोधन गर्दा शिष्टता अपनाउने भन्ने सिक्छ यसर्थ यो अतिरिक्त क्रियाकलाप भनेको व्यवहार हो, हाम्रो शिक्षाको लक्ष्य पनि व्यवहार परिवर्तन गर्ने हो यसर्थ सहि अर्थमा सफलता पाउन त व्यवहार परिवर्तन हुनै प¥यो होइन र ?
हाजिरीजवाफ प्रतियोगिता जसबाट जुनसुकै पेशामा लागि सेवामा प्रवेश गर्दा पनि नभई नहुने जानकारीहरु यसमा समावेश हुन्छ मानौ हामि यी सबै गतिविधि नगराई पाठ्यपुस्तक मात्र रटाउने ग¥यौँ भने विद्यालय तहमा सिक्ने यि सीपहरु विद्यार्थी कहाँ गएर सिक्छन् होला ? अनि शिक्षा अव्यवहारिक हुने, समयसापेक्ष नहुने, बजारमा नविक्ने वा प्रतिस्पर्धा गर्न नसक्ने भन्नु नै अतिरिक्त जानकारीको अभाव हुनु हो तसर्थ विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न जरुरी छ यसको महत्व व्यवहारिक छ यसले विद्यार्थलाई सीपयुक्त बनाउन सघाउछ शिक्षकलाई आदर गर्न सक्ने बनाउँछ विद्यार्थीले सफलता पायो भने मात्र न मेरो व्यवहार परिवर्तनमा अतिरिक्त सहयोग गर्ने सरहरु सम्झने आधार हुन्छ । यस कारण शिक्षामा वा विद्यालयमा खेलकुदको महत्वपुर्ण भुमिका हुने हुँदा यसको महत्वलाई सरोकारवाला सबैले बुझ्नु जरुरी छ । लेखक श्री बागेश्वरी उमावि बैरेनीका शिक्षक हुनुहुन्छ ।