मलेसियाको एयरपोर्टमा सयौं नेपालीको बिचल्ली

174 पटक पढिएको

प्रकाशित मिति: २४ फाल्गुन २०७१, आईतवार ०८:५२

सम्पादक: धादिङ न्यूज

क्वालालम्पुर : कम्पनीबाट विदा लिएर घर फर्कन लागेका सयौं नेपालीको मलेसियास्थित एयरपोर्टमा विचल्ली भएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलमा टर्किस जहाज विग्रेर धावनमार्ग अवरुद्ध भएपछि उडान बन्द हुँदा घर फर्कन लागेका सयौं नेपाली मलेसियाको एयरपोर्टमा अलपत्र परेका हुन् ।

मलेसियाको क्वालालाम्पुरस्थित केएलआईएमा रहेका दुईवटा अन्तराष्ट्रिय एयरपोर्टबाट नेपाल एयरलाइन्स, एयर एसिया, मलेसिया एयरलाइन्स र मालिन्डो एयरलाइन्सबाट नेपाल फर्कन लागेका नेपाली त्रिभुवन विमानस्थल अवरुद्ध हुँदा समस्यामा परेका हुन् ।

यहाँबाट नेपालका लागि सबै एयरलाइन्सका जहाज उड्न नसक्दा नेपाली र विदेशीसहित हजारौं यात्रु एयरपोर्टमै अलपत्र परेको बैतडीका रतनराम भुलले बताए ।

थोरै पैसा बोकेर मलेसियाबाट घर फर्कन लागेका नेपाली खर्च सकिएपछि भोकभोकै बस्न बाध्य भएको रतन रामको भनाइ छ । ‘घर फर्किन एयरपोर्ट आएर बसेको तीन दिन भइसक्यो’, भुलले भने, ‘कहिले उड्न पाइने हो केही टुङगो छैन, अब कसरी बाँच्नु ?’

त्यसैगरी बैतडीकै मनिराम भुल १८ महिना काम गर्दा पनि कम्पनी नराम्रो भएपछि  थोरै पैसा बोकेर एयरपोर्ट आएका थिए । उनी पनि तीन दिनदेखि एक छाक खाना र पानीको भरमा एयरपोर्टमा जहाजको प्रतिक्षमा छन् ।

त्यस्तै जिफन्ट मलेसियाका प्रमुख जनक विक पनि एरपोर्टमै बिचल्लीमा परेका छन् । ओखलढुङ्गा घर भएका उनलाई गत बुधबार निधन भएकी आमाको काजकिरिया गर्न घर पुग्ने हतारो छ । तर, उडान नहुँदा घर पुग्ने टुङ्गो नभएको उनी बताउँछन् ।

मलेसियाको एयरपोर्टमा अलपत्र यात्रुलाई एयरपोर्ट प्रशासन र एयरलाइन्सको तर्फबाट एक छाका खाना दिइएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । –



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ फाल्गुन २०७१, आईतवार ०८:५२ मा प्रकाशित

समाचार

सबै

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका.....

Categories