थाइल्याण्डमा पारसलाई थुना मुक्त गर्न अदालतको आदेश

76 पटक पढिएको

प्रकाशित मिति: २६ फाल्गुन २०७१, मंगलवार २२:३६

सम्पादक: Dhading News

काठमाडौं, फागुन २६ – थाइल्याण्डमा थुनामा रहेका पूर्वयुवराज पारस शाहलाई नोङखाई प्रान्तीय अदालतले थुना मुक्त गर्ने आदेश दिएको छ।
timthumb (1)‘पूर्व युवराजका वकिल चाक छाइलाई रिहाइको जानकारी अदालतले मंगलबार दिएको छ,’ थाइल्याण्डस्थित नेपाली समाजसेवी तथा पारसका साथी सुनिल खड्काले सेतोपाटीसँग भने– ‘उहाँलाई प्रक्रिया पुर्‍याएर एक दुई दिनमै छाडिने भएको छ।’
खड्काका अनुसार उनको मुद्दा भने टुंगिसकेको छैन। तर, उनले बाहिरै रहेर मुद्दा लड्न पाउनेछन्।
शाहलाई पूर्वराजा ज्ञानेन्द्रका छोरा एवं नेपालका युवराज रहिसकेका व्यक्तिका रुपमा प्रमाण पेश गर्न अदालतले आदेश दिएको थियो। थाइ प्रहरीले उनलाई षड्यन्त्रपूर्वक ९.७ ग्राम गाँजासहित पक्राउ गरेकोमा उनी त्यसको व्यापार गरेर खाने व्यक्ति नभएको पुष्टी उनका वकिलले गरेका थिए।
उनी पूर्वयुवराज भएको व्यहोरा खुल्ने इन्टरनेटका सामग्री अदालतमा प्रस्तुत गरे पनि राज्यको तर्फबाट प्रमाणित कागज खोजेपछि नेपाली राजदूताबासले त्यो उपलब्ध गराएका थियो।
खड्काका अनुसार, सुरूमा उनलाई त्यस्तो खुल्ने कागज दिन केही आनाकानी भएको थियो। त्यस्तो कागजात माग्न परिवारकै मानिस आउन समेत उनीहरूले भनेका थिए। तर, पछि उनका कानुन व्यवसायीले माग गरे अनुसार उनको स्थिति खुल्नेगरी कागजात राजदूताबासले दिएको थियो। त्यसैले उनलाई छुट्न सहयोग गरेको हो।
चालु अंग्रेजी महिना मार्चको अन्तिमसम्ममा उनको मुद्दाको अन्तिम फैसला भइसक्नेछ। उनलाई आफ्नो घरजग्गा वा अन्य सम्पत्तिसम्बन्धी कागजात ल्याएर राखी बाहिरै बसेर मुद्दा लड्न अदालतले आदेश दिएका कारण शाहको थाइल्याण्डमा रहेको फ्ल्याटको कागजातसमेत अदालतलाई बुझाइसकिएको जानकारी खड्काले दिए।
हाल पारस थुनामा रहेको नोडखाई जेल थाइल्याण्डको राजधानी बैंककबाट १ घन्टा १० मिनेटको हवाइ उडान र ६० किलोमिटरको यात्रापछि पुगिन्छ। मुद्दा टुंगिएपछि नेपाल आउने वा नआउने निर्णय उनले गर्ने जानकारी समेत खड्काले दिए।
‘हाम्रो उद्देश्य उहाँ नेपाल आउनुहोस् भन्ने छ,’ खड्काले भने।
पारसलाई थाइल्याण्डमा एकपछि अर्को षड्यन्त्रमा फसाएर नेपाल आउन नदिने व्यक्तिहरू रहेको तथ्य खड्काले यसअघि सार्वजनिक गरिसकेका छन्। यस्तै आसयको फेसबुक स्टाटस लेखेका पारसलाई फेरि केही दिनमै थाइ प्रहरीले थुनामा लिएको थियो सेतोपाटी अनलाईनले खबर लेखेको छ ।


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ फाल्गुन २०७१, मंगलवार २२:३६ मा प्रकाशित

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories