एउटै खेलमा धोनीले कसरी गरे यतिधेरै रेकर्ड ब्रेक ?

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Mahendra_Singh_Dhoni_Picture_22_eqfspवोल्र्ड कप २०१५ मा आयरल्यान्डविरुद्धको खेलमा इन्डियन टिमका कप्तान महेन्द्रसिंह धोनीका लागि जितका कारण मात्र होइन अन्य थुप्रै कारणले विशेष बनेको छ । उनले यस खेलमा एकैसाथ कप्तानको तीन रेकर्ड टोडेका छन् ।

उनी यस खेलबाट वान डे खेलमा सबैभन्दा बढी रेकर्ड राख्ने कप्तान त बने त्यसका साथै लगातार सबैभन्दा बढी खेल जिताउने कप्तान पनि बन्न सफल भए । यति मात्रै होइन यो यस्तो पाँचौ लगातारको खेल बन्यो जसमा विरोधी टिम अल आउट भएको छ । यो पनि एक रेकर्ड हो ।

धोनी अब १७५ वान डे खेलको प्रतिस्पर्धामा इन्डियाको कप्तानको जिम्मेवारी सम्हालिसकेका छन् । उनले पूर्वकप्तान मोहम्मद अजहरुदीनको रेकर्डलाई पछाडि पार्न सफल भएका छन् । भारतका लागि उनी लगातार सबैभन्दा बढी ६९ प्रतिस्पर्धाको कप्तानी सम्हालिसकेका छन् । २०१५ को वोल्र्ड कपको सिलसिलामा नै वोस्टइन्डिजका विरुद्धको खेलमा उतर्नसाथ उनले यो रेकर्ड अजहरुदीनबाट आफुमा सार्न सफल भएका हुन् ।

आयरल्यान्डमाथि जित हाँसिल गरेपछि वोल्र्ड कपमा इन्डियाको सबैभन्दा सफल क्याप्टेन बने । धोनीको कप्तानीमा यो वोल्र्ड कपमा प्राप्त १२ औं जित हो । यतिधेरै खेल अन्य कुनै पनि भारतीय कप्तानले जितेका छैनन् । २०११ मा धोनी पहिलो पटक वोल्र्ड कपमा टिमको कप्तान भएका थिए ।

त्यस खेलमा धोनीको कप्तानीमा खेलिएका ७ खेलमा ७ खेलमा विजय हासिल गरेको थियो । अहिले २०१५ मा धोनीको कप्तानीमा लगातार पाँचै खेल जितिसकेको छ । अहिले धोनीको कप्तानीमा जितिएको खेलको संख्या १२ भएको छ जुन आजसम्म कुनै पनि भारतीय कप्तानको नेतृत्वमा जितिएको छैन ।

धोनी भारतका यस्ता एकमात्र क्रिकेटर हुन जसको कप्तानीमा टिमले वोल्र्ड कपमा २० वोल्र्ड कप र च्यापियन्सको ट्रफि जेतेसँगै टेस्टमा पनि एक नम्बर बन्ने गौरव हासिल गरेका छन् ।