नुवाकोटमा ब्लड बैंक सञ्चालन

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 nuwakotनुवाकोट, २७ फागुन – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले जिल्लामा ब्लड बैंक अर्थात् रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । रक्त सञ्चार केन्द्रको अभाव रहँदा जिल्लामा शल्यक्रिया गर्ने बिरामीले बेहोर्दै आएको समस्यालाई मध्यनजर गर्दै रेडक्रस नुवाकोटले औपचारिकरुपमा सोमबारदेखि नुवाकोटमा ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।

सो केन्द्रमार्फत शल्यक्रिया गर्ने बिरामीका लागि रगतको माग सम्बोधन गर्न विभिन्न निकायको पहलमा रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको सोसाइटी नुवाकोटका सभापति सुरतबहादुर चित्रकारले जानकारी दिए ।

जिल्ला अस्पताल त्रिशूलीको परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले उद्घाटन गर्दै ‘रक्तदान जीवन दान’ भएकाले पुण्य कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।