एडभान्सका स्वयमसेवक चिनियां शिक्षकलाई विदाई

1818 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी–नेपाली बिद्यार्थीलाई चिनियाँ भाषा र संस्कृतिको वारेमा बिद्यालय तहमा अध्यापन गराउन स्वयमसेवी शिक्षकका रुपमा धादिङको एडभान्स एकेडेमीमा कार्यरत दुई स्वयमसेवक चिनियाँ शिक्षकलाई बुधवार समारोहका बिच विदाई गरिएको छ । बिद्यालयले दुवै जना चिनियाँ स्वयमसेवक शिक्षकलाई गौतमबुद्धको मुर्ति दिएर सम्मान गरेको थियो ।
20150311_131225चिनियाँ दुतावासको सहयोगमा हानबान इन्ष्टिच्युट मार्फत १० महिना अघि देखि धादिङ जिल्लामा पहिलो पटक एडभान्स एकेडेमीले बिद्यालय तहमा चिनियाँ भाषा र संस्कृतिको पढाई संञ्चालनमा ल्याएको हो । आगामी दश वर्ष सम्म एडभान्स एकेडेमीमा चिनियाँ भाषाको कक्षा संचालनमा रहने बिद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकीले जानकारी दिनु भयो ।
बिद्यालयको लागि स्वयमसेवक शिक्षकका रुपमा १० महिना देखि कार्यरत चिनियाँ नागरिक लियो गन्ज्याहुई र हुविन सिनलाई बुधवार एडभान्स एकेडेमीले विदाई गरेको हो । दुई शिक्षकको विदाईका लागि आयोजना गरिएको कार्यक्रममा बिद्यार्थीहरुले नेपाली तथा चिनियां संस्कृति झल्कने गित र नृत्य प्रस्तुत गरेका थिए भने चिनियाँ स्वयमसेव शिक्षक लियोले नेपाली गितमा नृत्य गर्दै आफ्नो विदाई मन्तव्य समेत नेपाली भाषामै प्रस्तुत गरेर सबैलाई चकित पारेकी थिईन ।
बिद्यालयका अध्यक्ष अर्जुन श्रेष्ठ गोर्खालीको अध्यक्षतामा भएको विदाई कार्यक्रमको प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय धादिङ नीलकण्ठ श्रोत केन्द्रका श्रोत व्यक्ति इश्वरकुमार श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, धादिङ न्यूज डट कमका प्रवन्ध निर्देशक एवम बिद्यालयका अभिभावक केशव अधिकारी लगायतले मन्तव्य राख्दै नेपाली बिद्यार्थीलाई चिनियां भाषाको अध्ययन गराउनु सराहनीय कार्य भएको भन्दै प्रसंसा गर्नु भएको थियो ।