छात्रा बलात्कार गर्ने शिक्षकले भेटे यस्तो रामधुलाई ? 

458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मकवानपुर,२८ फागुन – आफ्नी एक छात्रालाई यौन दुव्र्यवहार गरेको अभियोगमा बुधबार एक शिक्षक पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका –७ स्थित सेतिगणेश निमाविका करिब ४७ वार्षीय शिक्षक दिनेश सुवेदीलाई बुधवार पालुङ प्रहरीले पक्राउ गरेको हो । बारा घर भएका शिक्षक सुवेदीले आफ्नै विद्यालयको कक्षा–४ मा अध्ययनरत ९ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्ने घटना सार्वजनिक भएपछि उनी पक्राउ परेका हुन् । केहि दिनअघि शिक्षक सुवेदीबाट बलातत्कृत बालिका बुधबार बिहान विद्यालय जान नमानेपछि अभिभावकले सोधीखोजी गर्दा घटनाको रहस्य खुलेको स्थानीयले बताएका छन् । बलात्कारपछि बालिकाको संवेदनशील अंगबाट रगत बगेर उनी बिरामी परेको बताइएको छ । बालिकाले आफूमाथि बलात्कार गर्ने शिक्षक सुवेदी रहेको बताएपछि उनलाई स्थानीयले विद्यालयमै नियन्त्रणमा लिएका थिए । छात्रालाई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि अभिभावकले शिक्षकलाई जुत्ताको माला लगाएर कालोमोसो दली प्रहरीलाई बुझाएका थिए । स्थानियको भीडले विद्यालय काार्यलयमा तोडफोड गरेको छ । स्थानीयसँगको झडपमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको थियो । –