गोरखाका ६३ प्रतिशत महिला सुत्केरी हुन अस्पताल जादैनन्

627 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jptगोरखा–गोरखा जिल्लाका ६० प्रतिशत भन्दा बढि महिलाले अहिले पनि जोखिम मोलेरै घरैमा सुत्केरी गराउने एक अध्ययनल्ऽे देखाएको छ । स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरकारी निकाय जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङले े नै अहिले पनि ६३ प्रतिशत महिला सूत्केरी हुन अस्पताल जाँदैनन । अहिलेको तथ्याङ्क अनुसार शहरी क्षेत्रमा जाने बुझेका परिवारका महिलाहरु मात्रै अस्पताल सम्म सुत्केरी गराउन जाने गरेको पाईएको छ । दुईवटा अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, २४ वटा स्वास्थ्य चौकी, ४२ वटा उपस्वास्थ्य चौकी र बर्थिङ सेन्टर रहेको गोरखामा ती स्वास्थ्य संस्थामा दक्ष जनशक्ति नहुँदा महिलाहरुले जोखिम मालेरै घरैमा बच्चा जन्माउने गरेका छन । अझै उत्तरी गोरखामा स्वास्थ्य संस्था सम्म पुग्दा पनि उपचार नपाउँदा हेलिकप्टर चार्टर गरेर अन्य ठुला सहरमा जाने बाध्यता सर्वसाधारणमा छ । पहिलो पटका चार महिना, दोस्रो पटक छ महिना र तेस्रो आठ र चौँथो पटक नौ महिनामा गर्भ जाँच गर्नलाई सरकारले प्रोत्साहन स्वरुप पैसा दिने गरेको भएपनि स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास भने भएको छैन । कतिपयले थाहा नपाएर त कतिपयले हेलचेक्राइले घरैमा सुत्केरी हुने गरेका छन् ।