एक्लै फर्किए दुलही लिन गएका बेहुला

568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिन्धुपाल्चोक,फागुन २९ – इलाका प्रहरी कार्यालय बाह्रबिसेको सक्रियतामा पुल्पिङडाँडा गाविसको एउटा बालविवाह रोकिएको छ । बिहे सकेर बेहुली अन्माउने तयारी हुँदै गर्दा प्रहरीले विवाह रोकेको हो ।

जिल्ला बाल कल्याण समितिले दिएको सूचनाका आधारमा प्रहरीले विवाह घरमै पुगेर बिहे रोकेको हो । राम्चे–५ इटनीकी १७ वर्षीया नानीमाया तामाङसँग फुल्पिङडाँडा गाविसका १६ वर्षिय तीर्थ तामाङको विवाह रोेकेको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । विवाह भइनसकेकाले कसैलाई पनि कारबाही नगरेको मुकारुङको भनाइ छ ।

विवाह हुन लागेको सूचना बेलैमा पाएकाले बेहुला र जन्तीलाई सम्झाइ–बुझाई फर्काएको उनले बताए । विवाह रोक्न लामोसाँघुस्थित प्रहरी पनि विवाह घर पुगेको थियो ।