रसुवामा हिमपातले याक र नाक मरेपछि राहतको माग

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रसुवा, फागुन २९–रसुवा जिल्लामा हिमपातका कारण हराइरहेका चौंरी प्रजातिका याक र नाक मरेको अवस्थामा फेला परेका छन् । लाङटाङका चौरीपालक एवम् पर्यटन व्यवसायी सुब्बा तामाङका अनुसार हिमपातका समयमा यही फागुन १७ गतेदेखि हराइरहेका सबै याक तथा नाक मरेको अवस्थामा भेटिन थालेको र अहिलेसम्म ५० वटा मरेका भेटिएका छन् । भारी हिमपातले हराइरहेका ४०० चौपायामध्ये १०० जीवित फेला परेका भएपनि अझै करिब २५० वटाको अवस्था अज्ञात रहेको छ । प्रमुख धनको रूपमा रहेका ती चौपाया मरेको भेटिएपछि सरकारसँग राहतको माग गरिएको तामाङले बताए । उनका अनुसार हिमपातका कारण ६२ जना किसानले पालेका ती चौपाया रु ९१ लाख बराबरको मरेको अनुमान छ । यस्तै, चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने नाक मरेपछि नेपालको जेठो लाङटाङ चिज केन्द्र बन्द हुने अवस्थामा पुगेको स्थानीयबासीले बताए । –