बाली भण्डारणमा कडा खालका विषादी प्रयोग नगर्न कृषि विज्ञको सुझाव

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाैं, –  बाली भण्डारण गर्दा कडा खालका विषादी प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । बाली संरक्षण निर्देशनालयका वरिष्ठ संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार खानको लागि भण्डारण र बीउका लागि मात्रै प्रयोग गरिने विषादी फरक फरक हुन्छन् ।

बीउमा हाल्ने विषादी धेरै कडा खालका हुने भएकाले यस्ता विषादी भण्डारणका लागि प्रयोग गर्न हुँदैन । भण्डारणका लागि चक्की पाईने रासायनिक विषादी मात्र प्रयोग गर्नुपर्ने सुवेदीले बताउनुभयो । भण्डारणका लागि प्रयोग गरिने चक्कीले ग्यासको आधारमा किरा मार्छ । उहाँका अनुसार विषादी प्रयोग गरेको अन्न खानका लागि कम्तिमा पनि ५ देखि ७ घण्टासम्म खुल्ला राख्नुपर्छ । त्यसपछि त्यस्ता अन्नलाई दिनभर हावामा रोखेर पखालेपछि मात्र खानको लागि प्रयोग गर्नुपर्छ उज्यालो अनलाईनले खबर लेखेको छ ।

अहिले धेरैजसो किसानले बीउमा हाल्ने धुलो रासायनिक विषादी नै भण्डारणमा हाल्ने गरेका पाईएकाले त्यस्तो अन्न नखान उहाँको सुझाव छ ।  धुलो विषादी निकै कडा हुने भएकाले जति सुकाए र पखाल्दा पनि विष नहट्ने सुवेदीले बताउनुभयो ।

यस्ता विषादी बीउ बाहेक अरु प्रयोग गर्न नहुने उहाँको भनाई छ । भण्डारणमा हाल्ने र बीउका लागि हाल्ने औषधि फरक फरक हुने भएकाले सम्बन्धित जिल्ला कृषि विकास कार्यालय वा कृषि प्राविधिकसँग सल्लाह गरेर मात्र प्रयोग गर्न बाली संरक्षण निर्देशनालयले आग्रह गरेको छ ।