धादिङबेसी शान्तवजारमा कल्पना तयारी पोशाक उद्योगको अत्याधुनिक सर्टिङ सुर्टिङ हाउस

772 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज समाचारदाता
धादिङबेसी÷धादिङ जिल्लामा दुई दशक देखि व्यवसायिक रुपमा तयारी पोशाक उद्योग सञ्चालन गर्दै आईरहेको कल्पना तयारी पोशाक उद्योगले धादिङबेसी शान्तवजारमा आफ्नो नयां शाखा विस्तार गरेको छ ।

DSC00272
शान्तवजारमा रहेको के.यु. सर्टिङ सुर्टिङ हाउसको आईतवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ( ओम शान्ति) धादिङकी नन्दा दिदिले एक समारोहका बिच उदघाटन गर्नुभएको थियो । के.यु. सर्टिङ सुर्टिङ हाउस अत्याधुनिक प्रविधि तथा सर्वसुलभ एवम प्रभावकारी सेवाको साथमा संचालनमा रहने प्रोपाईटर कल्पना अधिकारीले वताउनु भयो ।

DSC00269

उद्योग वाणिज्य संघ धादिङकी अध्यक्ष समेत रहनुभएकी अधिकारीले २०४९ सालमा शुरु गर्नु भएको कल्पना तयारी पोशाक उद्योगले यस अघि शान्तवजारमै न्यु एण्डिला सिलाई सेन्टरको समेत संचालन गर्दै आईरहेको छ । के.यु. सर्टिङ सुर्टिङ हाउस उदघाटन कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी, नेकपा एमालेका अध्यक्ष खेमप्रसाद लोहनी,प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल,प्रहरी नायव उपरिक्षक अशोक सिंह, उद्योग बाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटी,बरिष्ठ साहित्यकार डिल्लीरमण शर्मा अज्र्यालका साथै जिल्लाका उद्यमी व्यवयसायी,विभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।