विश्वकप क्रिकेटको अन्तिम आठमा पाकिस्तान र वेस्टइण्डिजको स्थान पक्का

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)धादिङ–विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा पुग्ने आठ वटै टोलीको अन्तिम टुङगो लागेको छ । आजको खेलमा जित हासिल गर्दै पाकिस्तान र वेस्टईण्डीजले क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । आज विहान भएको खेलमा वेस्टईण्डीले युएईलाई ६ विकेटले पराजित गरेको हो भने अघि भर्खर सकिएको खेलमा पाकिस्तानले आयरलयण्डलाई ७ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको दुईसय ३८ रनको लक्ष्य पाकिस्तानले ४६ दशमलव १ ओभरमा पुरा गर्यो । पाकिस्तानका सर्फराज अहमदले अविजित सतकीय पारि खेल्दै आफ्नो टोलीलाई अन्तिम आठमा पुर्याउनु भयो । आजको जितसंगै पाकिस्तान समुहबीको तेस्रो स्थानमा उक्लिदै क्वाटरफाईलनमा पुग्यो भने पराजित हुने आयरल्याण्ड विश्वकपबाट बाहिरिएको छ । अब बुधबार हुने पहिलो क्वाटरफाईनलमा श्रीलङका र साउथअफ्रिका भिड्ने छन् भने बिहिरबार हुने दोस्रो क्वाटरफाईनलमा भारत र बङगलादेशवीच प्रतिस्र्धा हुनेछ । यस्तै सेमिफाईल प्रवेशका लागि पाकिस्तानको भिडन्त अष्ट्रेलियासंग हुनेछ भने वेस्टईण्डीजले न्युजिल्याण्डको सामना गर्नेछ ।