धादिङको बेनिघाटमा विज्ञान मेला सञ्चालन

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1624597_804709019618313_714046811_nआशिष ठकुरी
11068805_804709016284980_2138893783_nरिचोकटार,२ चैत्र  — धादिङको बेनिघाट १ रिचोकटारमा रहेको वागेश्वरी उच्च माध्यमिक विद्यालयमा तिन दिने विज्ञान मेला सञ्चालन भईरहेको छ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटार ललितपुरकोे आयोजनामा आईतबार देखि सुरु भएको मेला मँगलबार सम्म सञ्चालन हुने छ । जिल्ला शिक्षा अघिकारी गणेश प्रसाद ढकालले उद्घाटन गर्नुभएको मेलामा नास्टका उपकुलपति प्रा।डा। जीवराज पोखरेल, नास्टका प्राज्ञ प्रा।डा। विशालनाथ उप्रेती तथा अन्य वक्ताहरुले विज्ञान मेलाको महत्वको बारेमा आ आफ्नो भनाई राख्नुभएको थियो ।
यसैगरी मेलामा रहेको विज्ञान प्रदर्शनीमा १७ वटा विद्यालय सहभागी भएका छन् । विद्यार्थीहरुले विविध विज्ञान सामग्री प्रस्तुत गरेका छन् । मेलाको अवसरमा विज्ञान शिक्षकहरु बीच अन्तक्रिया र कार्यशाला गोष्ठि पनि भएको छ । गोष्ठिमा नास्टका प्रशिक्षक मेदिनी प्रजापति र देव कुमार शाह ले प्रशिक्षण दिनुभएको गोष्ठिमा सहभागी महाकाली उच्च माध्यमिक विद्यालय भुमेस्थानका शिक्षक मनोज कार्कीले बताउनुभयो । यस्तै गोष्ठिबाट धादिङ जिल्लामा विज्ञान सम्बन्धि गतिविधी सञ्चालन गर्न विद्यालयका प्रधानाध्यापक देव प्रसाद त्रिपाठीको अध्यक्षतामा १७ सदस्यीय विज्ञान क्लबको पनि गठन गरिएको शिक्षक कार्कीले बताउनुभयो ।
यस्तै मेलामा सञ्चालन भएको हाजिरीजवाफ प्रतियोगितामा बैरेनीको जनकल्याण माध्यमिक विद्यालय प्रथम, रिचोकटारको वागेश्वरी माध्यमिक विद्यालय दृतिय र नलाङको मिन्दुका माध्यमिक विद्यालय तृतिय भएका छन् । मेला मँगलबार समापन हुने आयोजकले जनाएको छ ।