श्रमिकका समस्या नसुनी सभाससद् निदाउँदा…..

1009 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ca_member_balbahadur_kc_in_malaysia_882324545फोटो :कार्यक्रमस्थलमै निदाएका सभासद् केसी । फोटो : अर्जुन काफ्ले
मलेसिया :  मलेसियामा रहेका नेपाली श्रमिकका समस्या बुझ्न आएका सभासद्हरु श्रमिकसँगको अन्तरक्रिया कार्यक्रममा निदाउन थालेका छन् ।

मलेसियामा रहेका नेपाली श्रमिकको दु:ख बुझ्न आएका सभासद्हरु सोमबार मजदुरसँग भएको अन्तरक्रिया कार्यक्रममै निदाए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

श्रमिकहरुको समस्या बुझेर सुझाव संकलन गर्न आएको संसद्को अन्तर्राष्ट्रिय समितिले नेपाली श्रमिक अधिकारवादी, मलेसियामा रहेका ब्यावसायी, सञ्चारकर्मी, एनआरएन प्रतिनिधी र दूतावासका प्रतिनिधिबीचको कार्यक्रम चलिरहँदा कांग्रेसका सभासद् बलबहादुर केसी निदाउन पुगे ।

श्रमिका समस्या सुन्न समितिका सभापति प्रभु साहको नेतृत्वमा आएका सभासद् मजदुरका समस्या सुन्न छोडेर निदाउन थालेपछि मजदुरले आफ्नो समस्या समाधान हुने आश नरहेको प्रतिक्रिया दिएका छन् । प्रभु साहको नेतृत्वमा आएको टोलीमा ६ जना सभासद रहेका छन् ।

–