कार्यालयमै बसेर अश्लिल फिल्म हेर्ने न्यायाधिशको जागिर चट

872 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

0एजेन्सी : कार्यालयमै पोर्न फिल्म हेर्दा तीनजना न्यायाधीशले जागिरबाट हात धुनुपरेको छ । बेलायतमा तीनजना न्यायाधीशमाथि कार्यालयमै पोर्न हेरेको अभियोग लागेपछि उनीहरुलार्इ जागिरबाटै निकालिएको हो ।

कार्यालयमै पोर्न हेरेको आरोपमा उनीहरुमाथि छानविन चलिरहेको थियो । बेलायतको चर्चित पत्रिका द गार्जियनका अनुसार आरोपीहरुमाथि ‘पदीय दुरुपयोग’ मामिलामा छानविन भइरहेको छ ।

आरोपी न्यायाधीशहरुमा टिमोथी बाउल्स, अध्यागमन न्यायाधीश वारेन ग्रान्ट उपजिल्ला न्यायाधीश पिटर बुलोक रहेका छन् । उनीहरु तीनैजनालार्इ जागिरबाट हात धुनुपरेको हो ।

तीनै न्यायाधीशमाथि कारबाही चलाएपछि लर्ड चान्सलर क्रिस ग्रेयलिङ्ग र लर्ड प्रमुख न्यायाधीश थोमसले उनीहरुले हेरेका पोर्न बालबालिका र प्रतिबन्धित सामग्री नभएको जनाएका छन् ।

घटना सार्वजनिक भएपछि उनीहरु तीनैजनालार्इ पदबाट बर्खास्त गरेर उनीहरुलार्इ कुनै सार्वजनिक जिम्मेवारीबाट मुक्त गरिएको जनाइएको छ ।