केन्द्राध्यक्षदेखि सहयोगीसम्म महिला

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी– – बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षामा धादिङको एक विद्यालयमा पहिलोपटक केन्द्राध्यक्षदेखि सहयोगीसम्म महिला कर्मचारी खटाइएको छ । जिल्ला शिक्षा कार्यालय धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको वालमन्दिर मावि  केन्द्रमा पहिलो पटक यो व्यवस्था गरेको हो ।

सबैतिर समावेशीका सवाल उठिरहेको बेला  योग्यताको कदर गर्न नमुनाको रुपमा पहिलोपटक यस्तो व्यवस्था गरिएको परीक्षा शाखाका प्रमुख सहायक जिल्ला शिक्षा अधिकारी देविरञ्जन हुमागाईले जानकारी दिनु भयो । याँ व्यवस्थाअनुसार माध्यमिक  शिक्षक प्रतिभा अधिकारी लाई केन्द्राध्यक्षमा र सह केन्द्राध्यक्ष इश्वरी तिमिसिनालाई  नियुक्त गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयले केन्द्राध्यक्ष नियुक्त गरेसँगै अधिकारीले परीक्षामा खटिने आवश्यक जनशक्ति सह केन्द्राध्यक्ष १ जना,निरीक्षक १० जना र बिद्यालय सहायक ३  जना  सबै महिला नियुक्ती गर्नुभएको छ । यो केन्द्रबाट २ सय ४८ जनाले परीक्षा दिँदैछन् ।