प्राविधिक बिषयका ३८ जनाले एसएलसी दिंदै

715 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बिद्यालय तहमा कृषि बिषयको प्राविधिक पढाई हुँदै आईरहेको मण्डली उच्च माध्यमिक विद्यालय फुलखर्कबाट ३८ जनाले यस पटक प्रवेशिका परीक्षा दिने भएका छन ।
DSC02323मण्डली उच्च माविका सबै विद्यार्थीहरुले नीलकण्ठ उमावि धादिङबेसीबाट परीक्षा दिनेछन् । यसै गरी खेलकुद कार्यक्रममा सहभागि हुँदा लडेर दाहिने हात भाँचिएका अभिषेक बाँनियाँको परीक्षा जिल्ला शिक्षा कार्यालय धादिङको सिफारिस मार्फत सोही विद्यालयमा अध्यनरत कक्षा ९ की अस्मिता गुरुङले दिने भएकी छिन् भने अर्का समिर बस्नेतको भने बाबुको  मृत्यु भएकाले परीक्षा दिने ब्यबस्था मिलाईएको मण्डली उमावि फुलखर्कका प्राचार्य नवराज अधिकारीले बताउनु भयो । प्राविधिक शिक्षा पढाई हुने देशभरकै ९९ वटा विद्यालय मध्ये मण्डली उमावि फुलखर्क भने प्राविधिक शिक्षा पढाउने विद्यालयहरु जिल्लाकै एक मात्र विद्यालयको रुपमा चिनिएको छ । सरकारी विद्यालयहरुको तुलनामा यस मण्डली उमावि फुलखर्क प्राविधिक शिक्षा पठन पाठन गरी धादिङ जिल्लाकै गर्बको विषय भएको समेत प्राचार्य अधिकारीले बताउनु भयो ।प्राविधिक तर्फको भने परीक्षा चैत १६ गते मात्र सकिने छ ।