धादिङका कृषकहरु पशुमा कृत्रिम गर्भाधान गराउन तर्फ आकर्षित

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
धादिङ चैत्र ४ गते ÷ पछिल्लो समयमा धादिङका कृषकहरु पशुमा कृत्रिम गर्भाधान गराउने तर्फ आकर्षित भएका छन् । समय परिवर्तनसंगै धादिङमा पशुहरुलाई कृतिम गर्भाधान गराउने आउने कृषकहरुको संख्या समेत बृद्धि भएको छ ।

SAM_0042कृत्रिम गर्भाधान गराउदा गाई भैसीको दुध बढनुका साथै पशुपन्क्षिहरुको मासु बढ्ने हुनाले कृषकहरु घर पालुवा पशुहरुमा कृत्रिम गर्भाधान गराउने क्रम बढेको जिल्ला पशुसेवा कार्यालय धादिङले जनाएको छ । सामान्य तय एउटा पशुपन्क्षीहरुको कृत्रिम गर्भाधान गराए बापत सरकारी नियम अनुसार रु ३५ रुपैंया शुल्क लाग्ने भए पनि जिल्ला पशुसेवा कार्यालय धादिङका कर्मचारीहरुले भने रु १ हजार देखि २५ सय सम्म लिने गरेको पाइएको छ । पशुपन्क्षीहरुलाई कृत्रिम गर्भाधान गराउन जिल्ला पशु सेवा कार्यालय धादिङमा ल्याउँदा रु ३५ रुपैंया लाग्ने गर्दछ ।
कार्यालयले बेनिघाट,नौविसे र धादिङ बेसीको जिल्ला पशु सेवा केन्द्रमा पशुपन्छीलाई कृतिम गर्वाधान सेवा दिंदै आईरहेको जनाएको छ । जसमा पशु सेवा प्रसार नियमित तर्फ गाई ७ सय ३४ , भैसी ५७ र बाख्रा २ गरी जम्मा ७ सय ३४ रहेको छ भने केवलपुर, धुषा ,आदमघाट, मैदीमा एआई मिसन तर्फ गाई ५ सय ५७ र भैसी ८७ गरी जम्मा ६ सय ४४ रहेको छ । नियमित तर्फ र मिसन तर्फ गरी जम्मा १४ सय ६५ रहेको छ । भने २०७०÷०७१ मा एआई गराउनेमा गाई ११ सय ९ रहेको छ भने भैसी १ सय २६ रहेको पशु स्वास्थ्य प्राविधिक पुन्यवती खकुरालले बताउनु भयो ।