नुवाकोट लोकदोहोरी मय हुंदैछ – किरण अधिकारी

998 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10428522_754514354643854_1693490277318567041_n

२०३९ सालमा नुवाकोट जिल्लाको तुप्चे गाउँ विकास समिति वडा नं १ मा पिता जनक प्रसाद अधिकारी र माता रेनुका अधिकारीको कोखबाट जन्मनु भएका किरण अधिकारी अहिले प्रत्रकारिता र कलाकारीता क्षेत्रमा संगसंगै  परिचित हुनुहुन्छ । उहाँ हाल वल्र्ड एशोसियसन अफ परफिङ आर्ट नेपाल सेक्शनका उपाध्यक्ष  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अञ्चल समितिको अध्यक्ष, एभरेष्ट नेपाल कल्चरल ग्रुपको निर्देशक, नेपाल प्रेस युनियन नुवाकोट समितिको अध्यक्ष, नुवाकोटबाट प्रकाशन हुने सुन्दरादेवी सन्देशको प्रकाशक लगायत धेरै संघसंस्थामा आवद्ध हुनुहुन्छ । सुन्दरादेवी सन्देश साप्ताहिकले आगामी बैशाख ११ गते “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” घोषणा गरेको छ । यसै परिभेषमा रहेर धादिङ न्यूज डट कमले  उनै किरण अधिकारीसँग गरेको कुराकानीः
प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्डको तयारी कहां पुग्यो  ? 
नेपाली लोक संगीत हाम्रो पहिचान, सन्चार संस्थावाट कलाकार गर्ने हाम्रो अभियान भन्ने मुल नाराको साथ आगामी बैशाख ११ गते वितरण हुने अर्वाडको तयारी तिब्र गतिमा भईरहेको छ । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना हुने दोहोरी अर्वाडकालागि फागुन मसान्त सम्ममा फारम भर्ने कार्य सम्पन्न भएको छ । बाग्मती अन्चलका सर्जक तथा कलाकारले उत्साहजनक रुपमा फारम भरी सहभागीता जनाउनु भएको छ ।

पत्रिकाले समाचारलाई प्राथमिकता दिनुपर्ने हो तपाईले त संगितलाई प्रथमिकता दिनुभएको किन ?
“नेपाली लोक संगित हाम्रो पहिचान”  हो । पत्रिका पनि यहि समाजवाट प्रकाशित हुने हो । पत्रिकाले समचारलाई मात्र स्थान दिएर हुंदैन । समाजलाई पनि चिनाउने काम गर्नुपर्दछ । लोक संगित हाम्रो चिनारी हो । लोक संगितलाई उजागर गर्नु हाम्रो कर्तव्य पनि हो । सञ्चारले संगितको विकासमा जोड दिनु पर्छ । कलाकार राष्ट्रका गहना हुन त्यसैले सञ्चारले संगितलाई प्राथमिकता दिनुपर्छ ।

11051176_1561003380820868_621976300_nअवार्डलाई वाग्मती अंचल भित्र नै  गर्नुको कारण ?
राजधानीमा यस्ता खाले कार्यक्रम धेरै हुने गर्दछन । राजधानी वाहिर यस्ता कार्यक्रम नहुने भएकाले पहिलो पटक हामी यो काममा जुटेका छौं । पहिलो पटक भएकोले यसो भएको हो । यो अवार्ड भव्य र सभ्य रुपमा सफल गराउन सकियो भने अर्को वर्ष हामी केन्द्रिय स्तरमा जान्छौँ । नेपाली लोक संगित हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने नारा सहित हामी देशभर पुग्छौँ ।

लोक दोहोरी अवार्डमा को को कलाकारहरुको सहभागिता रहने छ ?राष्ट्रिय स्तरका कलाकारहरु पनि आउनेछन ? 
⇒ बास्तवमा भन्नुपर्दा बैशाख ११ गते नुवाकोटमा चलचित्र र लोकदोहोरी क्षेत्रका हस्तीहरुको मेलानै लाग्ने छ । जस्ले नुवाकोटलाई अव कला र संस्कृतिको क्षेत्रमा अघि बढाउन सहयोग गर्नेछ । लोक दोहोरी अवार्ड कार्यक्रममा वरिष्ठ लोक गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझि, दुर्गा रायमाझि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकमा अध्यक्ष चन्द्र शर्मा, प्रजापति पराजुली उपस्थित हुने पक्का छ । त्यस्तै, गायिका रमिला न्यौपाने, रिता थापा, जमुना राना, गिता रेउले, अमृता लुङगेली मगर, शान्ति श्री परियार र शान्ति सुनुवार, गायक नविन पौडेल, कृष्ण रेउले, रामजी खाँण, पशुपति शर्मा, शिव हमाल, हरी थापा, विमलराज क्षेत्री, दिपक खड्का, शिरिष देवकोटा लगायतका कलाकारले बेजोड सांगीतिक प्रस्तुती प्रस्तुत गर्नेछन् । यस्तै चलचित्र क्षेत्रका हस्तिहरु वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका अध्यक्ष निर शाह, निर्देशक मोहन निरौला, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, निर्देशक निर्मला शर्मा गैँडा, नायिका रजनी केसि, नायिका रोशनी केसि समेत अर्वाडमा उपस्थित रहनेछन् ।यसैगरी, चर्चित हाँस्य कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, सिताराम कट्टेल, केदार धिमिरे, शिवशंकर रिजाल, आरपी भट्राईको पनि उपस्थिती रहनेछ ।

कार्यक्रम स्थलमा आउन नसक्ने दर्शक र श्रोताहरुको लागि के व्यवस्था गर्नुभएको छ  ? 

⇒ हो हामी यस बिषयमा निकै गम्भिर छौं । सबैजना चाहेर पनि कार्यक्रममा आउन सक्नुहुन्न । सबैको आफ्नै वाध्यता हुन्छन । र् लोकदोहोरीलाई माया गर्नुहुनेहरुका लागि भनेर हामी टिभी त्रिशूलीवाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएका छौं । टिभी त्रिशूलीको प्रशारण पुगेका ठाउंहरुमा रहनुहुने महानुभावहरुले कार्यक्रममा आउन नपाउंदा पक्कै पनि टिभीवाट हेर्नुुहुनेछ । साथै एफ एम रेडियोहरुबाट पनि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाईएको छ । रेडियो त्रिशूली ८८.४ का साथै रेडियो मेलम्ची वाट दिनभर लोकदोहोरी प्रतियोतिाको प्रत्यक्ष प्रसारण गरिने छ । रेडियो र टिभीको पहुंचमा नहुनु भएकाहरुका लागि हामी छिन छिनमा अनलाइन मार्फत गतिविधि प्रकाशित गर्नेछौं । यस्का लागि धादिङ न्यूज डट कम,हाम्रो भाका डट कम,इमुलधारन्यूज डट कम,माई न्यूज नेपाल डट कम,जनपुकार डट कमबाट कार्यक्रमको ताजा जानकारी प्रकाशित गर्ने व्यवस्था मिलाईएको छ । यो वाहेक समग्र गतिविधिलाई समेटर सुन्दरादेवी सन्देश,नुवाकोट जागरण, रंग संसार, फिल्मी खबर पत्रिका मार्फत पनि हाम्रा पाठकहरु समक्ष लोकदोहोरीका मुख्य उपलव्धिहरुको जानकारी प्रस्तुत गर्नेछौं । यि वाहेक अन्य संचार माध्यमहरुसंग पनि हाम्रो सहकार्य छ जस्ले कार्यक्रमको गतिविधिलाई तत्काल आम पाठक, श्रोता र दर्शकहरु सम्म लैजान सहयोग गर्नुहुनेछ ।

प्रतियोगितामा सहभागी हुने कलाकारहरुको नाम कहिले सार्वजनिक गर्नुहुन्छ ? 

⇒ प्रतियोतिामा सहभागी भएका लोकदोहोरी गायकहरुको प्रस्तुतीको अहिले बरिष्ठ कलाकारहरुवाट हेर्ने काम भईरहेको छ । जिल्ला स्तरीय प्रतियोगिता भएकाले हामी हाम्रोलाई होइन राम्रोलाई स्थान दिने पक्षमा छौं । अहिले छनौट भएका गायक तथा कलाकार आगामी दिनमा नुवाकोट जिल्लाका गहना वन्नेछन । त्यसैले उहांहरुको प्रतिभाको हामी अध्यन गरिरहेका छौं । सम्भवत चैत २५ गते भित्र उत्कृष्ट ५ को नाम वाहिर आउनेछ । 

जिल्ला स्तरीय प्रतियोगिता गर्दै हुनुहुन्छ खर्चको व्यवस्था कसरी मिलाउनु भएको छ  ?
कुनै पनि कार्यक्रम आर्थिक श्रोत विना चल्नै सक्दैन । यस्का लागि पहिला आर्थिक व्यवस्थापननै गर्नुपर्छ हामीले नुवाकोट जिल्लाको पहिचानका लागि यो काम गर्दैछौ । लोकदोहोरीलाई जोगाउनु पर्छ भनेर लाग्नेहरुको प्रोत्साहन, उहांहरुको हौसला,ले अहिले सम्म हामी प्रतियोगिता सम्पन्न गर्न सक्छौं भन्नेमा छौं । धेरैलाई लाग्नेगर्छ । सांस्कृतिक कार्यक्रम भनेको आयोजकको कमाईका लागि हो भन्ने पनि । हामी संचारकर्मी हौं । हरेक कुरामा जवाफदेही र पारदर्शी हुनुपर्छ भन्नेमा विश्वस्त छौं । तपाईहरुको साथ र सहयोगले कार्यक्रम सम्पन्न हुनेछ ।