धादिङका यूवालाई पशुसेवाको ७७ लाख अनुदान

1272 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kukhuraधादिङ, –  धादिङका यूवाहरु केही अघिबाटै व्यावसायिक कृषिमा लागेको भएपनि संस्थागत भने भएका थिएनन् । तरकारी खेती नै मूख्य पेशा मानेर संगै गाई, भैसी र वाख्रा पाल्दै आएकोमा पछिल्लो समय विषयगत क्षेत्रमा लागेकाछन् ।  यूवाहरु व्यावसायिक बन्न बामेसर्दै गर्दा प्राविधिक सेवा प्रदान गर्दै आएको जिल्ला पशुसेवा कार्यालयले यूवाहरुलाई ७७ लाख अनुदान दिएको छ कारोवार डेली डट कमले खबर लेखेको छ ।
केही वर्ष यता सरकारको कृषि पेशा प्रति हेर्ने दृष्टिकोणमा सकारात्मक भएसंगै यूवा कृषकहरु संस्थागत हुन थालेकाछन् । फागुन अन्तिमसम्म गाई र्फम ३० वटा, बाख्रा फर्म ५३ वटा, कुखुरा फर्म १ सय ४६ वटा बंगुर फर्म १० भन्दा बढी दर्ता भई सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगवतले बताए ।
कार्यालयले चालु आवको चैत्र पहिलो हप्तासम्म नियमित अनुदान तर्फ २४ फर्म र विषेश अनुदान तर्फ १४ सहित ३८ फर्मलाई अनुदान दिने अन्तिम निर्णय गरिसकोको छ । प्रमुख भगवतका अनुसार सहकारी खेतीमा वंगुर पालन कार्यक्रम तिनकन्या साना किसान कृषि सहकारी संस्था बेनिघाट, बज्रबराही कृषि सहकारी संस्था खरी, मंगलादेवी कृषि सहकारी संस्था मार्फाक र हाडीखोला कृषि तथा पशुपाल सहकारीलाई प्रति सहकारी संस्थालाई ८ लाख ३० हजारका दरले दिने निर्णय भईसकेको छ ।
यसैगरी साकार पोल्टि र्फम चैनपुरलाई कुखुरा विकास कार्यक्रमबाट ४ लाख, गणेश कुण्ड भेडा पालन कृषक समूह लापालाई भेडा विकास कार्यक्रमबाट ५० हजार, नलाङ एग्रोटेक लाइभष्टक प्रा लि नलाङलाई बाख्रा विकास कार्यक्रमबाट ५० हजार र उदय राई र्फम जीवनपुरलाई गाई भैसी गोठ सुधार निमार्ण व्यवस्थापन कार्यक्रमबाट ७५ हजार अनुदान दिएको छ ।
पशुपक्षी बधस्थल सूधार कार्यक्रमबाट लक्ष्मी सप्लार्यस, प्ररित सुद्धिकरण मासु पसल र रामकोट मिट सपलाई मासु पसल सुधार गर्न प्रति पसल ५० हजार, जयसन्तोषी माँ इन्टर प्राइजेज र पशुपति दुग्ध उत्पादक सहकारी संस्थालाई ५० हजारका दरले  चिलिङ भ्याट खरिद गर्न तथा लुईटेल गाइृ र्फमलाई क्यान किन्न ५ हजार समेत अनुदान दिएको छ ।
यूवा लक्षित विषेश कार्यक्रम अन्तरगत मझौलास्तरका छांगादेवी पशुपालन तथा घाँस विकास र्फम गोगनपानी र कृषक प्रेरक पशु विकास तथा कृषि र्फम त्रिपुरेश्वरलाई प्रति र्फम ३ लाखका दरले दिने अन्तिम निर्णय भएको छ  ।
गाई भैसी को नयाँ र्फम स्थापना र सञ्चालन गर्न अर्गानिक कमर्शियल फार्मिङ टे«निङ प्रोग्राम एण्ड लाईभष्टक र्फम छत्रेदेउराली, डाँडावारी पशुपालक कृषक समूह कुम्पुर, ज.व.ज गाई र्फम नौविसे, स्मार्ट एग्रीकल्चर एण्ड लाईभष्टक र्फम नीलकण्ठ, श्रेष्ठ गाई र्फम नीलकष्ठ, केवलपुर कृषि र्फम केवलपुर, रिषेश्वर ढुंगाना नीलकण्ठ र दर्शन एग्रीटेक र्फम बेनीघाटलाई प्रति र्फम २ लाख दिने निर्णय भएको प्रमुख भगवतले बताए ।
यसैगरी यूवा लक्षित विशेष बाख्रा कार्यक्रम अन्तरगत बागमति बाख्रा पालन उद्योग केवलपुर, उन्नत बहुउद्देश्य कृषि र्फम एण्ड रिसर्च सेन्टर प्रा लि पिडा, अल्टरनेटिभ एग्रो सोलुशन प्रा लि नलाङ र अरुणोदय बाख्रा र्फम उद्योग बैरेनीलाई समेत प्रति र्फम २ लाखले दिने निर्णय भएको छ ।
पछिल्लो समय पशु तथा पक्षी पालन व्यवसायमा यूवाहरुको चोसो बढेकाले उनीहरुलार्इृ व्यावसायीक दक्षता बढाउन तालिम, भ्रमण र अनुदानको कोटा संख्यामा बढाउनु पर्ने तथा विमा सम्वन्धि कार्यक्रम कृषकको घर दैलोसम्म पु¥याउनु पर्ने देखिन्छ ।