धादिङमा १ सय ९२ जना परीक्षार्थी अनुपस्थित

511 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (4)
बाबुराम श्रेष्ठ
धादिङ चैत्र ५ गते÷धादिङ जिल्ला भरका २१ वटा परीक्षा केन्द्रहरुमा आज देखि सुरु भएको एस.एल.सि. परीक्षा अन्तर्गत अङग्रेजी विषयको परीक्षा शान्त, मर्यादित र भयरहित बातावरणमा सम्पन्न भएको छ ।
धादिङ जिल्लाबाट यस बर्ष एस.एल.सि. परीक्षामा कुल ६ हजार ९ सय ९१ जना परीक्षार्थीहरु परीक्षामा सामेल हुनका लागि फारम भरे पनि १ सय ९२ जना परीक्षार्थीहरु अनिवार्य अङग्रेजी विषयको परीक्षामा अनुपस्थिति भएका छन् । परीक्षामा अनुपस्थिति हुने मध्ये छात्रा तर्फ १ सय १९ जना, छात्र तर्फ ७३ जना रहेका छन् । अङग्रेजी विषयको परीक्षामा छात्रा ३ हजार ८ सय ४२, छात्र २ हजार ८ सय ८९ गरी जम्मा ६ हजार ७ सय ३१ जना परीक्षार्थीहरुले मात्र परीक्षा दिएका छन् । यसै गरी विभिन्न विद्यालयबाट परीक्षाको दस्तुर नतिरेका र ७५ प्रतिशत हाजिर नपुगेका ६८ जना परीक्षार्थीहरु परीक्षा दिन बाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिएको छ ।