धादिङमा जिल्ला बालक्लव संञ्जाल पुनगर्ठन

669 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSCN4636
धादिङ÷धादिङ जिल्लाको बिभिन्न बिद्यालयमा गठन भएको बाल क्लबहरुको जिल्ला  संजालको शनिवार एक कार्यक्रमका बिच पुनगर्ठन भएको छ ।
जिल्ला बाल कल्याण समिति धादिङको व्यवस्थापनमा भएको कार्यक्रममा अध्यक्ष टेकमान शाक्यको अध्यक्षतामा रहेको थियो । जिल्लाको बिभिन्न बिद्यालयमा गठित बालक्लबका पदधिकारीहरुको भेलाले बाल क्लब संञ्जाल पुर्नगठन गरेको हो । महिला तथा बालबालिका कार्यालयको तालीम हलमा भएको भेलाबाट रवि भट्टको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।  पुर्नगठित समितिमा उपाध्यक्ष मिनबहादुर भुजेल,सचिव रोमा थापा कोषाध्यक्ष अनिता पाण्डे,सहसचिव रामकुमार नेपाली र सदस्यहरुमा ज्ञानबहादुर तामाङ शुभ आलेमगर,उमेश कोइराला , सन्दिप भट्ट,सन्जु लामिछाने, अनुप बस्ताकोटी र गणेश कुमार श्रेष्ठ रहनुभएको छ ।
जिल्ला बाल अधिकार अधिकृत हरिप्रसाद उप्रेति तथा प्रयास नेपालका कार्यक्रम संयोजक संञ्जिव कुमार राईका एकिकृत सामुदायिक विकास अभियानका प्रतिनिधीले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । भेलाले १३ जनाको कार्यसमिति छनौट गरेको छ भने २ जना सदस्य छान्न बाँकी रहेको बताईएको छ ।     पुनगर्ठित सञ्जाललाई जिल्ला बालकल्याण समितिका बाल अधिकार अधिकृत हरिप्रसाद उप्रेति तथा निवर्तमान अध्यक्ष टेकमान शाक्यले नयाँ कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त सञ्जालको संरक्षकका रुपमा जिल्ला बालकल्याण समिति तथा सल्लाहाकार संस्थाहरुमा प्रयास नेपाल धादिङ र एकिकृत सामुदायिक विकास अभियान नेपाल धादिङ रहेको छ ।
पुर्नगठित बाल क्लबले बालबालिकाहरुको अधिकारको क्षेत्रमा वकालत तथा पैरवी तथा बाल अधिकार सुनिश्चिताको लागि कार्य गर्ने नव गठित समितिका उपाध्यक्ष मिन बहादुर भुजेल र सचिव रोमा थापाले बताउनु भयो । जिल्लाको १ सय २० भन्दा बढी बिद्यालयमा बाल क्लब गठन गरि परिचालनमा रहेको र बालबालिकाहरुले परिर्वतनको बाहकको रुपमा कार्य गर्दै आएको प्रयास नेपाल कार्यक्रम संयोजक संञ्जिव कुमार राईले वताउनुभयो ।