सँस्थापकको सम्झनामा बिद्यालयमा शोकसभा

845 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आशिष ठकुरी

जिवनपुर, ५ चैत्र— धादिङको जिवनपुर १ जिम्मलगाउँमा रहेको खैरेनी निम्न माध्यमिक विद्यालयले आफ्नो सँस्थापकको सम्झनामा शोकसभा गरेको छ । विद्यालयका सँस्थापक तथा जग्गादाता स्वर्गिय रत्न बहादुर ठकुरीको तेह्रौँ दिनको पुण्यतिथीमा बुधबार शोकसभा गरेको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबाबु सुबेदीको अध्यक्षतामा भएको शोकसभा कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अन्य पदाधिकारी, शिक्षक अभिभावक सघँका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावको सहभागीता रहेको थियो । सहभागी सबैले पालैपालो स्व. ठकुरीको तस्विरमा फुल, माला, अबिर सहित माल्र्यापण गरी श्रद्घाञ्जली व्यक्त गरेका थिए ।
11082642_806690546086827_5587085792840772945_nनेपालमा राणा शासन चलिरहेको बेला जिवनपुरको वडा नम्बर ९ खैरेनीबजारमा रहेको यो विद्यालयमा सँस्कृत विषय पठनपाठन हुने गर्दथ्यो । विद्यालय सञ्चालनमा समस्या देखिएपछि वि.सं.२०१८ सालमा यो विद्यालय मकवानपुरको चित्लाङमा स्थानान्तरण गर्ने कुरा भएपछि आफ्नो र स्थानिय पोषकनाथ सुबेदीको सल्लाह तथा स्वर्गिय रत्नबहादुर ठकुरीको विशेष अगुवाईका कारण आफ्नो स्थानमा विद्यालय ल्याउन सफल भएको विद्यालय सञ्चालक समितीका अध्यक्ष समेत भईसक्नु भएका अशोक कुमार सुबेदीले बताउनुभयो । २०१८ साल माघ २५ गते श्री सुन्धारा राष्ट्रिय प्रारम्भिक स्कुलको नामाकरण गरी सञ्चालनमा आएको विद्यालय २०२६ साल भदौ ११ गते प्राथमिक शिक्षा शाखा सिँहदरबार काठमाण्डौँमा दर्ता भएको पाईएको विद्यालयका प्रध्यानाध्यापक दामोदर घिमिरेले बताउनुभयो । प्रध्यानाध्यापक घिमिरेले प्राथमिक शिक्षा शाखा सिँहदरबारबाट अनुगमन गरेपछि २०२६ साल कात्तिक २९ गते सञ्चालनको अनुमती भएको बताउनुभयो । २०२८ साल देखि कक्षा १ सञ्चालनको स्विकृत भएको विद्यालयमा २०३३ सालमा कक्षा ३, २०४१ सालमा कक्षा ५ र २०६६ सालदेखि कक्षा ८ सम्मको पठनपाठन गर्न पाउने अनुमति प्राप्त भएको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालनको लागी आवश्यक जग्गा, कच्ची भवन समेत विद्यालयलाई हस्तान्तरण गर्नुभएको स्व. ठकुरी वि.सं. २०२६ सालदेखी २०३३ र २०४३ साल देखी २०५४ सालसम्म विद्यालय सञ्चालक समितीको अध्यक्षको रुपमा पनि काम गर्नु भएको थियो ।