प्लास्टिकको झोलाले तिरौला है ५० हजार जरिवाना !

430 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं,चैत ६ – प्लास्टिकको झोला बोक्दै हुनुहुन्छ भने अब होसियार हुनुहोला । तपाईंले बोक्ने प्लास्टिकको झोलाको मूल्य एक वा दुई रुपैयाँ मात्र हुन सक्छ तर तपाईं त्यही प्लास्टिकको झोला बोकेकै कारण ५० हजारसम्म जरिवानाको भागिदार बन्नुपर्छ । सरकारले काठमाडौं उपत्यकालाई प्लास्टिक मुक्त क्षेत्र घोषण गर्ने तयारी गरेको छ । आगमी नयाँ वर्षको दिनदेखि उपत्यकाभित्र प्लास्टिक झोला बोक्नुभयो भने तपाईं जरिवानाको भागिदार बन्नुपर्नेछ । व्यवस्थापिका संसद्को वातावरण संरक्षण समितिको ९ भदौ २०७१ मा बसेको बैठकले प्लास्टिक झोलामुक्त उपत्यका बनाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार सरकारले उपत्यकाभित्र प्लास्टिकका झोला प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई प्रभावकारी कार्यान्वयन बैठकले न्यूनतम ३० माइक्रोभन्दा पातलो प्लास्टिक झोला उत्पादन,आयात,निर्यात,बिक्री ,वितरण र प्रयोग गर्न रोक लगाउने निर्देशन दिएको थियो । –