यसरी गर्नुस् डण्डीफोरको उपचार

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 dandi 4महिलाहरु छालासम्बन्धी कुनै समस्या भएमा निकै दुःखी र चिन्तित हुन्छन् । महिलालाई प्रकृतिले नै सुन्दरता प्रदान गरेको हुन्छ । महिलामा सुन्दरता पनि जोडिएको हुन्छ । केही कारण सुन्दरतामा गडबडी आएमा महिलामा ठूलो चिन्तापर्न जान्छ । यस्तै, सुन्दरता बिगार्ने एउटा रोग डण्डीफोर पनि हो । यो रोग यौवन अवस्थामा आउने समस्या हो । कहिलेकाही ३५–४० वर्षको उमेरमा पनि आउँछ ।
यो छालाको समस्या हो । यो धेरै खतरा नभएपनि यसले दाग छाडेर जाने भएकाले अनुहार बिगार्न सक्छ । डण्डीफोर आउनमा सेवासियस नामक ग्रन्थीको भूमिका हुन्छ । यसलाई आयल ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी उमेर बढ्दै जाँदा ११ वर्षदेखि नै विकसित हुन्छ । यो रौंको साथमा रहन्छ । यसको फङसनल एक्सन एडर्नल ग्ल्याण्ड्सको मेल हर्मोनले बढाउँछ ।

यो महिला तथा पुरुष दुवैमा हुन्छ । मान्छेको छालमा साना प्वाल हुन्छन् । यिनीहरुको आयल ग्रन्थीसंग  सम्बन्ध हुन्छ । यही ग्रन्थीले सेवम् भन्ने चिल्लो पदार्थ निकाल्छ , सेवम्ले नै छालामा मरेका कोषहरु हुँदैं छालाबाट बाहिर निकाल्छ र छाला सफा राख्छ । यहाँबाट मसिनो रौं पनि बाहिर आएको हुन्छ । कहिलेकाँही फोहोर वा चिल्लो, मरेका कोषहरु बाहिर निक्लने बाटो बन्द भयो भने डण्डीफोर देखिन सुरु हुन्छ । स्कीनडेड सेल्स, सेबम् र रौं एकै ठाउँमा जम्मा हुन्छन्  । यसरी यिनीहरुको संक्रमित हुन्छन् । कारणवस यिनीहरु सुनिन थाल्छन्, राता हुन्छन् र फुट्छन् ।
डण्डीफोर विभिन्न प्रकारका हुन्छन्
ह्वाइहेड्स– सेता, मसिना राता देखिने
ब्ल्याकहेड्स– काला दाना देखिने
सिस्ट– मासुको डल्लोजस्तो ठूला
नोवुल्स– दुख्ने,सा¥हो खालका
पुस्टुल्स– राता साना माथिपट्टि पिप देखिने

डण्डीफोरको उपचार

शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउने कारण थाहा पाइसकेपछि उपचारका लागि सजिलो हुन्छ । १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका डण्डीफोर आउने गर्छ । यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम गराउँन सकिन्छ ।
चिल्लो कम खाने, पानी प्रशस्त पिउने, शारीरिक व्यायाम पसिना आउने गरी गर्ने, हरियो सागपात, फलफूल कम खाने, नियमित नुहाउने, व्यक्तिगत  सरसफाईमा ध्यान दिने, बढी अमिलो पिरो नखाने, अनिद्रा नबस्ने । यौनजन्य पुस्तक, चलचित्र तथा अन्य क्रियाकलापमा धेरै सहभागी नहुने, मानसिक बेचैनी नरहने । डण्डीफोर नआउने बनाउन सकिदैंन, तर, कम गराउँन सकिन्छ । नआउने बनाउनु पनि हुँदैंन , शरीरमा अन्य असर पर्छ । होमियोप्याथिक आयुर्वेदक औषधि तथा प्राकृतिक उपचारबाट पनि राम्रो हुन्छ ।
डा. विष्णु चापागाईं (‘दिदीबहिनीको डाक्टर’बाट)