यस्ता खाना खुवाउनुस् परीक्षा दिने बच्चालाई

669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एसएलसी सुरु भएको छ । कतिपय विद्यालयहरुका वार्षिक परीक्षा पनि सुरु भैसके । यस्तो अवस्थामा आफ्ना बच्चालाई कस्तो डाइट दिने भन्ने चिन्ता हरेक अभिभावकको हुन्छ । परीक्षाका समयमा उत्कृष्ट रिजल्ट ल्याउन पढाईमा मिहिनेतमात्र होइन, सही खानपानपनि जरुरी हुन्छ । त्यसैले थाहा पाउनुहोस्, परीक्षाका समयमा बच्चालाई कस्तो डाइट दिनुपर्छ :

ओमेगा थ्रि : परीक्षाको समयमा बालबालिकालाई ओमेगा थ्रि फ्याटी एसिड आवश्यक हुन्छ । यसले दिमागले सही काम गर्न मद्दत गर्छ र पढेका कुरालाई चाँडै सम्झन मद्दत गर्छ । माछा यसको स्रोत हो । यसका साथै ओलिभ आयल र सी फूडमा पनि ओमेगा थ्रि फ्याटी एसिड पाइन्छ ।

आइरन र भिटामिन बी :  यी तत्वले बच्चामा शारीरिक र मानसिक इनर्जी दिन्छ र अध्ययनका बेला स्फूर्ति दिन्छ । आइरन अन्न, रातो मासु र पालुंगोमा सजिलै पाइन्छ । यसका अतिरिक्त खुर्सानी पनि समावेश गर्न सकिन्छ । भिटामिन बीका लागि बदाम, गहुँ तथा अण्डा खुवाउन सक्नुहुन्छ ।

जिङक : बालबालिकाको सम्झन र सोच्न सक्ने क्षमता वृद्धिका लागि खानामा जिङकजस्ता खनिज तत्वको वृद्धि गर्न सकिन्छ । यद्यपि यी तत्वको हाम्रो शरीरका लागि त्यति आवश्यकता हुँदैंन । यसका लागि सि फूड, उम्रिएको चना खान सकिन्छ । जिङकले हाम्रो रोग प्रतिरोधी प्रणालीलाई पनि वृद्धि गर्छ ।

कार्बोहाइड्रेट्स : यसले हाम्रो शरीरमा फ्युलजस्तै काम गर्छ । कम समयमा इनर्जीका लागि कार्बोहाइड्रेट लिनु सबैभन्दा उत्तम हुन्छ । किनभने यसले ग्लुकोजलाई इनर्जीमा बदलिदिन्छ र त्यसलाई दिमागसम्म पु¥याउँछ । यसले ध्यान केन्द्रित गर्न पनि मद्दत गर्छ । यसका लागि स्याउ, नासपाती, जामुन, आलू, गाँजर, सलाद, ब्राउन ब्रेड आदि खान सकिन्छ ।

प्रोटीन : प्रोटीनले हाम्रो शरीरमा लामो समयसम्म इनर्जी दिन्छ । परीक्षा दिइरहेका बच्चालाई खानामा प्रोटीनयुक्त खाना समावेश गर्नु अत्यन्त जरुरी हुन्छ । यसका लागि ब्रेकफास्टमा अण्डालगायतका पदार्थ दिन सकिन्छ ।

कफीलाई ‘भो’ भन्नुस् :  कफीमा क्याफिनको मात्रा धेरै हुन्छ, यसले भोक लाग्दैन र बिस्तारै इनर्जीको लेभल घट्छ ।