‘प्रहरी र लुटेराबाट मलेसियामा नेपाली असुरक्षित’

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pravu_shaha_Malaysia_334984803फोटो :पत्रकार सम्मेलनमा सभापति प्रभु साहसहितका सभासद्हरु । 
दुबै देशको ढिलाइले श्रम सम्झौता भएन
मलेसिया : मलेसियामा नेपाली श्रमिक यहाँका लुटेरा र प्रहरीबाटै असुरक्षित रहेको संसदको श्रम तथा अन्तराष्ट्रिय समितिले जनाएको छ । मलेसियामा भिषा भएका नेपालीलाई पनि यहाँका प्रहरीले विनाकारण दुःख दिने गरेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संसदको श्रम तथा अन्तराष्ट्रिय समितिका सभापति साहले बताए ।

‘यहाँको प्रहरीले नेपाली श्रमिकलाई अनावश्यक दुःख दिने गरेको पीडितहरुबाटै थाहा पाएका छौं’, साहले भने, ‘यहाँ कम्पनीले जस्तै प्रहरी र लुटेरबाट नेपाली श्रमिकले धेरै दुःख पाएका रहेछन् । यसबारेमा यहाँका मन्त्रीहरुलाई जानकारी गराएका छौं ।’

समितिले नेपाल र मलेसिया सरकारकै ढिलासुस्तीका कारण मलेसियामा रहेका श्रमिकबारे श्रम सम्झौता हुन नसकेको जनाएको छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

समितिका सभापति प्रभु साहले मलेसियामा श्रम सझौता हुन नसक्दा यहाँ कार्यरत नेपाली मजदुर शोषणमा परेका पनि उल्लेख गरे ।  श्रम सझौता नँहुदा यहाँ कार्यरत नेपाली श्रमीक यातना र शोषणमा परेको साहले बताए । ‘यहाँ कार्यरत नेपाली श्रमिकलाई चर्काे यातना दिइने गरेको रहेछ साहले भने’ ‘श्रम सझौता भए यो समस्यामा कमी आउँथ्यो’ ।

नेपालीको अवस्था बुझ्न सोमबार समितिका सभापति साहको नेतृत्वमा ६ सभासद सहितको टोली मलेसिया आएको थियो ।

श्रम मन्त्रालयको निर्देशनमा मलेसिया आएको सो टोलीले मलेसियामा कार्यरत नेपालीसँग भेटेर उनीहरुको अवस्था अध्यायन गरेको जानकारी दियो । यहाँ का एनआरएन, मजदुर नेता, पत्रकार र श्रमिकसँग छलफल गरेको थियो ।

संसदको सो टोलीले मलेसियाको काजाङ्गस्थित केन्द्रिय जेलमा रहेका नेपाली कैदी बन्दीको अवस्थाबारे समेत बुझेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भ्रमण टोलीले यहाँ कार्यरत नेपाली श्रमिकका समस्याबारे यहाँका मानव संशाधन सहायकमन्त्री दातो श्री हाजी इश्मालीसँग कुरा उठाएकोे जनाएको छ । ‘मन्त्रीसँग श्रम सझौताबारे कुरा उठाएका छौं’, उनले भने, ‘चाडैँ यसले अन्तिम रुप लिन्छ ।’

‘रोजगारीका लागि आएका नेपाली श्रमिक असुरक्षित रहेकाबारे यहाँका गृहमन्त्री डा. अहमद जाहिद हमीदी सँग कुरा उठाएको छौं’, साहले भने, ‘मन्त्रीले नेपालीको सुरक्षा प्रत्याभुति दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् गृहमन्त्री समस्या सामधानका लागि सकारात्मक देखिएका छन् ।’
प्रतिनिधि मण्डलले सबैभन्दा धेरै नेपाली काम गर्ने यहाँको विवादस्पद कम्पनी जेसिवाइ कम्पनीको भ्रमण गरे पनि के का लागि भ्रमण गरिएको सो टोलीले खुलाएन ।

गत वर्षमात्र जेसिवाइ कम्पनीमा श्रमीकमाथि चर्का यातना भएको भन्दै नेपाली श्रमिक आन्दोलनमा उत्रिएका थिए ।

मजदुर आन्दोलनमा उत्रिएपछि सो कम्पनीमा काम गर्ने नेपालीलाई पक्राउ गरी जेल चलान गरिएको थियो । जेसिवाईमा गरिएको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

साहको नेतृत्वको भ्रमण टोलीमा बलबहादुर केसी, सोमप्रसाद पाण्डे, कमला शर्मा, जितेन्द्र नारायण देव, भरत खड्का रहेका छन् ।