यसरी भयो एसिड काण्ड पर्दाफास, अर्का व्यक्तिलाई पनि सिध्याउन चाहन्थे जीवन –

834 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  Jiban-BK-300x260जीवन र संगीताका परिवार एउटै घरमा बस्दा रहेछन् । तल्लो तलामा संगीताको परिवार, माथिल्लो तलामा जीवनको । जीवनले संगीता र उनका भाईलाई ट्युसन पढाइदिने काम गर्दा रहेछन् । त्यतिबेलादेखि नै जीबन र संगिताको सम्बन्ध बन्यो । तर, एक बर्षपछि प्रेम सम्बन्धमा दरार आयो । अनि सम्बन्ध पनि बिग्रियो । जीवनमा बदलावको भाव आयो । एसिड हान्न उसले धेरै पहिलेदेखि योजना बनाएको रहेछ । एसिड काण्ड भएपछि लाहुरेलाई पनि सिध्याउछु भनेर घटना लगत्तै सिक्किम गएको उसले बयान दिएको छ ।

– पुष्कर कार्की, एसएसपी

प्रमुख, अपराध अनुसन्धान महाशाखा

एसिड प्रकरण सबैको चासोको घटना र प्रचारप्रसारको विषय बन्यो । केही हिसाबले धेरै ‘हाइट’ पनि भयो । जसले गर्दा प्रहरीमाथि दबाब पर्‍यो । अनुसन्धानका हिसाबले पनि हामीलाई केही दबाब थियो । हामी पनि धेरै जागरुक भएर लागेका थियौं । यसको धेरै पाटो हामीले हेर्‍यौं । किन भयो घटना ? कसरी भयो घटना ? र, यसमा के–के हुनसक्छ ? संलग्न मान्छे को हुनसक्छ ? पृष्ठभूमिमा धेरै कुरा केलायौं । त्यो केलाउने क्रममा नाबालक किशोरी जस्ले एसएलसी जाँच दिँदैछन्, हामी उनीहरुलाई थप प्रताडित बनाउन चाहँदैनथियौँ ।

त्यसमाथि पनि सामाजिक सञ्जाल र धेरै मान्छेको पहुँच । अनि सबैले सहजै गफगाफ गर्ने भएकाले किशोरीहरुसँग प्रहरीको समन्वय कम भएको थियो । किशोरी अवस्थाका बालिकाहरुलाई धेरै दबाबमा राखेर सोध्ने अवस्था पनि थिएन् ।

प्राविधिक पाटो, घटनाको परिदृश्य र घटना हुनुको कारण यी सबैतिरबाट हामीले हेरेका थियौं । त्यही क्रममा कतैबाट जीवन बिकसँग झगडा भएको कुरा बाहिर आयो । उनीमाथि हामीले निगरानी राखेका थियौँ तर बाहिर हल्ला गरेका थिएनौं । हामीले नेपालभन्दा बाहिर समन्वय गर्न प्रहरी पठाएका थियौं । दार्जिलिङ र सिक्किममा प्रहरी पुग्यो । प्रहरी त्यहाँ पुग्दा ऊ हिडिँसकेको थाहा भयो ।

Jiban-BK

जीवनले घरपरिवारलाई सँधै भारतमै छु भन्ने जानकारी दिएको रहेछ । नेपाल र भारत आउजाउ गरिराखे पनि परिवारलाई भारतमै छु भन्ने भान दिइराखेको फेला पार्‍यौँ । जीवनको स्केच निकाल्यौं । बिस्तारै उनीसँग पुग्ने माध्यम भेटियो ।

जीवनका आमाबुवा निम्न स्तरका मान्छे हुन्, आर्थिक हिसाबले । जीवन घरको जेठा छोरा भएकाले जिम्मेवारी बहन गर्ने केटा रहेछ । पढाइमा क्षमतावान । बीबीएस पहिलो बर्षमा अध्ययनरत रहेछ पब्लिक युथ क्याम्पसमा । एसएलसीमा फस्ट डिभिजन ल्याएको रहेछ । प्लस टू पनि राम्रै ।

जीवन र संगीताका परिवार एउटै घरमा बस्दा रहेछन् । तल्लो तलामा संगीताको परिवार, माथिल्लो तलामा जीवनको । जीवनले संगीता र उनका भाईलाई ट्युसन पढाइदिने काम गर्दा रहेछन् । हिमचिम राम्रै रहेछ । यो २०६९ सालको कुरा हो । त्यतिबेलादेखि नै जीबन र संगिताको सम्बन्ध बन्यो । तर, एक बर्षपछि प्रेम सम्बन्धमा दरार आयो । अनि सम्बन्ध पनि बिग्रियो । त्यसपछि बारम्बार बादविवाद हुन थाल्यो । जीवनमा बदलावको भाव आयो । यसभन्दा अघि पनि उनीहरुको झगडाका विषयमा प्रहरीमा उजुरी परेको रहेछ । यस्तो हानी पुर्‍याउने अनुमान थिएन । पीडतको भनाइ र हामीले बु्झे अनुसार दुई परिवारको सम्बन्ध राम्रो छैन् । त्यसलाई जीवनले गम्भीर ‘इगो’ बनायो ।

एसिड हान्न उसले धेरै पहिलेदेखि योजना बनाएको रहेछ । धेरैपटक प्रयास गरेर पनि नसकेको रहेछ । धेरै उपाय पनि अपनाएको रहेछ । यसपटक धेरै आँट गरेर दुईतीन पटक नै आक्रमण गर्न गएको रहेछ । तर, ट्युसन सेन्टरमा नदेखेर फर्किएको रहेछ । धेरैपटक एसिड किनेर लगेको रहेछ । प्लाष्टिकको भाँडामा हालेको एसिड जलेपछि घटना भएको दिन हर्लिक्सको बट्टामा हालेर लगेको रहेछ । त्यही बट्टाबाट प्रहार गरेको रहेछ ।

जीवन भारतमा समेत ठगिएको रहेछ । काठमाडौँमै चिया पसल पनि गरेको रहेछ । पैसा पनि जम्मा गरेको देखिन्छ । चिया पसलमा आएका एक जना लाहुरेले भारतीय सेनामा जागिर लगाइदिन्छु भनेपछि ऊ सिक्कम गएको रहेछ । लाहुरेले ५० हजार रुपैँया खाइदिएछ । जागिर भने भएन् ।

यता एसिड काण्ड भएपछि त्यो लाहुरेलाई पनि सिध्याउछु भनेर घटना लगत्तै सिक्किम गएको उसले बयान दिएको छ । हाम्रो टोली सिक्किम पुग्दा ऊ नेपाल फर्किसकेको रहेछ । काठमाडौँ आएपछि थाहा भयो, उसको टोखामा कोठा छ भन्ने । पक्राउ परेपछि उसले सजिलै घटना स्वीकारगर्‍यो । ‘पढाईमा राम्रो छु, क्षमतावान पनि छु तर मलाई समाजले हिनताबोध गरायो दुव्र्यवहार गरायो भन्ने महत्वाकांक्षा र मानसिक तनावले मलाई बदलाव भावको बढायो’ भनेर उसले प्रहरी सामु बयान दिएको छ ।

जीवनलाई डिप्रेशन हुने समस्या पहिल्यैदेखि थियो । कहिलेकाँही औषधी पनि खाने रहेछ । रानीपोखरीमा शुक्रबार सबै पत्रकार साथीहरुले वाहिर ल्याउन भने । सार्वजनिक गर्न ल्याउँदा ऊ ढल्यो ।

Acid-Attack-jiban-BK

हुन त यो घटनाका विषयमा प्रहरीको आलोचना पनि भएको छ । एउटा कोठाभित्र एक जनाले गरेको अपराध हो यो । अपराध अनुसन्धानको बेला कुनै–कुनै समयमा कठिनाई आउँछ । प्रताडित नानीको उमेर समूह, उनीहरुको जाँच दिने बेला, महिला र किशोरी भएकाले सबै कुरा सम्वेदनशील भएकाले हामीलाई केही समय लागेको हो । नेपाल प्रहरीले अपराधीहरु पत्ता लगाउन सक्छ । पछ्रिल्लो समयमा हामीले धेरै किसिमले यो प्रमाणित गरेका छौं । तर, समय भने लाग्छ ।

किशोरावस्थाको व्यवहार अरु बेला भन्दा निकै फरक हुन्छ । त्यसलाई भिन्नै हिसाबले संयोजन गर्नुपर्छ । त्यसैले यसमा पनि चुनौती थियो । हामीले पछिल्लो समयमा धेरै ठूल्ठूला घटना उत्खनन ग¥र्यौँ । कानुनी दायरामा पनि ल्यायौं । यस्ता धेरै सफलता थिए । त्यसकारण यो घटनालाई कुनै न कुनै रुपमा निराकरण गर्नुपर्छ भन्ने थियो ।

प्रहरी आयुक्त विज्ञानराज शर्माको निर्देशन अनुसार हामीले यसको अनुसन्धान गर्न छुट्टै टिम बनायौँ । अपराध अनुसन्धान महाशाखाका एसपी मिरा चौधरीको संयोजकत्वमा टोली गठन भयो । जसमा अपराध महाशाखाका डीएपीहरु रमेश थापा, शुशील शर्मा, वेद विष्ट, दिनेश आचार्य, महिला प्रहरी निरीक्षक पूर्णिमा चन्द र सिआइबीका अधिकृतको पनि संयुक्त टोली बनाएका थियौँ ।

यसमा विभिन्न प्रकारको अनुसन्धान प्रहरीले गरेको छ । यसलाई प्रमाणसहित सम्बन्धित अदालतमा पेश गर्छौँ । त्यो पाटो सम्बेदनशील छ । जीवनले संगीताको ज्यानै मार्छु भनेर हिँडेकाले प्रचलित कानुन अनुसार ज्यान मार्ने उद्योग अन्तर्गत सजाय हुन्छ ।

अपराधिक मनोवृत्तिका साथसाथै सामाजिक अपराधसँग पनि यो घटना जोडिन्छ । यो घटनाका परिदृश्य कतिपय खोल्न नमिल्ने खालका छन् । अहिलेका युवायुवतीहरु एक अर्कामा आकर्षित हुनु स्वभाविकै हो । स्वभाविक कुरालाई घरपरिवारले पनि कुन ठीक–कुन बेठिक भन्ने छुट्याउन जरुरी छ ।

त्यसैले यो घटनामा हामी धेरै बोल्न चाहन्नौँ । कारण–पीडित नाबालिका छिन्, सानी–नानी एसएलसी दिइरहेको । फेरि घटनाका दोषी पक्राउ परेर प्रमाण जुटाइसकेको अवस्था पनि छ । यो अवस्थामा ती नानीको व्यक्तिगत कुरा हामी धेरै सार्वजनिक गर्न चाहन्नौँ ।

dainiknepal.com