निन्द्रा आएन ? यसो गर्नुस् निद्रा लगाउँन

735 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 nindraआयुर्वेदका अनुसार आहार, निद्रा, ब्रम्हचर्या, यी तिन स्वास्थ्यका आधारस्तम्भ हुन् । निद्रा शारीरिक आवश्यकता हो । यो सम्पूर्ण स्वास्थ्यका लागि आहारभन्दा पनि महत्वपूर्ण हुन्छ । निद्राको अभावमा मानिसका मनोकामना तथा व्यवहार अस्तव्यस्त हुन्छ । जीवनको आनन्द हराउँछ । कर्मयोगीका लागि निद्रा सजिलै प्राप्त गर्ने समाधि हो । निद्रा अचेतन या अर्धचेतन अवस्था हो  ।
निन्द्राबाट लाभ

थकान मेटाई शरीरलाई ताजा र सक्रिय बनाउँछ । नित्य नष्ट कोषहरुको पुनर्निर्माण गर्छ ।
शरीरको विकारको निष्काशन ठीक समयमा हुन्छ ।
शक्ति सञ्चय वा शक्ति आर्जन गर्छ ।
स्नायुमण्डल, मांसपेशीलगायत सबै अंग प्रत्यंगलाई आराम प्रदान गर्छ ।
काम वा विचारमय जगतदेखि टाढा लैजान्छ ।
मष्तिष्कको भावनात्मक तनाव हराउँछ ।
दुःख र दुश्चिन्तालाई भुलाउँछ ।
रोग निवारणको सर्वोत्तम औषधि निद्रा पनि हो । शरीर मनको उत्तम टनिक हो ।
पूर्ण निद्राले मष्तिष्कमा दबाब कम हुन्छ र रक्तप्रवाह शान्त सामान्य हुन्छ । मेलेटोनिन, नार एड्रिलिन आदि अन्तस्राबी हर्मोनहरु, मांसपेशीहरु, नाडीमण्डल आदि शिथिलतापछि विश्राम पाउँछन् र थकान, तनावमुक्त हुन्छन् । निद्रामा श्वासप्रश्वास, हृदया वा नाडी संस्थानको गति मन्द हुन्छ । जो अन्तरअवयवको विश्रामको सूचक हो ।

निद्रा नआएमा :

विभिन्न मानसिक एवं शारीरिक विकारले पीडा गर्छ । यसले जीवनशक्तिको ह्रास भई विभिन्न रोगले  सजिलै आक्रमण गर्छ । मष्तिष्कमा ग्रन्थीहरुमा विभिन्न विभिन्न विकास र विचार असन्तुलित हुन्छन् । अनिद्राको औषधि सेवन गर्नु र स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

सुत्ने तरिका :

– सुत्ने बेला सबै चिन्ताबाट टाढा भई गहिरो निन्द्राको आव्हान गर्नुपर्छ ।

–    कोठा हावादार, शान्त र थोरै सामान राख्ने । तेज ज्योति नराख्ने ।

–    निश्चित समयमा सुत्ने बानी बसाउने ।

–    नाइट ड्रेस खुकुलो हुनुपर्छ ।

–     पलंग धेरै गद्धि र मोटो नराख्ने । सिरानी पातलो राख्ने ।

–    सुत्नुभन्दा २ घण्टा अघि नै भोजन गर्ने । गरिष्ठ भोजन नगर्ने ।

–    सुत्नुअघि स्नान गर्नु राम्रो । नसके हातखुट्टा धोएर, दाँत सफा गरेर सुत्ने ।

–    कुनै दबाई सेवन नगर्ने । यसले स्नायु प्रणालीलाई प्रभाव पार्छ ।

–    संगितको सुमधुर लहर निन्द्रा लगाउन सहयोगी हुन्छ ।

–    सुत्नु १ घण्टा अगाडि हल्का कार्बोहाइड्रेट नास्ता लिएमा निद्रा आउँछ । पेट भरेपछि त्यसका लागि जो इन्सुलिन उत्पादन हुन्छ, त्यसले तन्द्रा ल्याउनमा मद्दत गर्छ । यसले मष्तिष्कमा ट्रिप्टोफेन अमिनो एसिडको मात्रा बढ्छ, जो निन्द्रामा मेरेटोनिनद्वारा पाचित हुन्छ ।

–    निन्द्रा नलागेमा कसैद्वारा वा आफैंले पाइतालामा हल्का मालिस गर्ने । साथै टाउको सुम्सुम्याउने वा रेकिदिने प्याज र सानो जाइफलको टुक्रा सेवन गर्ने, नियमित व्यायाम, प्राणायम र योगासन गर्ने ।

–    पाएमा तिलको तेल, नपाएमा तोरीको तेलले पैतालामा मालिस गर्ने ।

–    कानमा मनतातो सस्र्युंको तेल राखेर मसाज गर्दा निद आउँछ ।

जानुका भट्टराई (‘स्वास्थ्य रक्षाका सरल उपाय’ बाट)

–