बैदेशिक रोजगार र बिदेशमा खोलिएका संघ सस्थाको भूमिका

823 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दयाराम घिमिरे ।
लाखौ नेपाली आफ्नो सुन्दर भबिष्यको कल्पनामा बिदेशिने गरेका छन् । बिदेश नपुग्दा सम्मको समयमा यस्तो लाग्दो हो कि बिदेशमा सजिलै पैसा कमाउन सकिन्छ तर बास्तबिकता अलि फरक नै छ । बैदेशिक रोजगारेका शिलशिलामा धेरै नेपाली खांडी देश पुगेका छन् । हप्तौ जसो एक न एक नेपाली कफनमा नेपाल फर्कने गरेको दुर्दशा हामिले देखेका छौ भने कति नेपाली शरिरका बिभिन्न अंग गुमाएर फर्कनु को बाध्यता पनि छ । निम्न बर्गिय परिवार को एक सदस्य बिदेशीनु पर्ने बाध्यता छ । राज्यले न रोजगारको बाताबरण मिलाइ दिएको छ न त काम गरेर खाने उपयुक्त बाताबरण नै सिर्जना गरिदिएको छ । मध्यम बर्गिय परिवारमा हुर्केको एक व्यक्ति व्यापार व्यवसाय गरेर स्वेदेश मै बस्न चाहन्छ तर व्यापार व्यावसाय बाट नाफा कमाउँला , परिवार चलाउन पुग्ला भन्नु धेरै परको कुरा बनेको छ । किनकि कहिले चक्का जाम , कहिले हड्ताल त कहिले नेपाल बन्द ।

बारम्बार कोशिश गर्दा पनि केहि नभए पछि बिदेश पुगेका नेपालीको कथा पनि दर्दनाक नै छ । कहिले कम्पनि ले भने जस्तो काम र स्यालरी नदिनु , राम्रो खान र बस्नको व्यवस्था नहुँदा बिभिन्न रोगको शिकार बन्नु , नेपाल फर्कि समयमा श्रम नबिकरण गर्न नपाउनु र उक्त समयमा केहि दुर्घटना भयो भने क्षतिपूर्ति केहि नपाउनु नेपालीको मुख्य समस्या भएको बिदेशमा रहेका नेपाली हरु को गुनासो छ । प्रवासि नेपाली मन्च अलआइन शाखा यूएइ का अध्यक्ष लक्ष्मण अधिकारी बिदेशमा आएर संघ सस्थामा आवद्ध हुनु रहर नभइ बाध्यता भएको बताउछन् । बैदेशिक रोजगारमा गएका नेपाली बिभिन्न संघ सस्था खोलेर ति सस्थामा आवद्ध भएका छन् । घर चलाउन पैसा कमाउन बिदेश पुगेका नेपालीले बिभिन्न संघ सस्था खोल्नु रहर नभइ बाध्यता भएको अधिकारी बताउछन् । परदेशमा एक नेपाली दाजु भाइ तथा दिदी बहिनी लाइ समस्या परे सवै मिलेर सहयोग गर्छौ उनि बताउछन् । बिदेशमा बिरामि भइ उपचार गराउने पैसा नभएकाहरु लाइ संस्थाले पैसा उठाइ उपचार गराएको , बिदेशमा मृत्यू भएका नेपाली का परिवारलाइ गरिएको सहयोग , पैसा नभएर स्वदेश फर्कन नपाएका नेपालीलाइ घर फर्कन को लागि बाताबरण मिलाइएको जस्ता बिदेशमा खोलिएका संघ सस्थाले गर्दै आएका सामाजिक कार्यको उदाहरण हरु हुन् । त्यति मात्र होइन ति सस्थाहरुले बिभिन्न चाड पर्वमा सास्कृतिक कार्यक्रम आयोजना गरि बिदेशिएका नेपालीलाइ एकता बद्ध गर्ने काम पनी गर्दै आएको छ । बिदेशमा जातियगत , जिल्लागत पनि बिभिन्न संघ सस्था खोलिएका छन् । आफ्नो क्षेत्रका व्यक्तिलाइ एकताको सुत्रमा बाध्नको लागि जिल्लागत समिति गठन गर्नु परेको म्याग्दी एकता सेवा समिति यूएइका अध्यक्ष शुशिल केसि बताउछन् । यूएइ तथा अन्य खाडि देशमा अन्य जिल्लाका जिल्लाबासि मिलेर पनि बिभिन्न नाममा संघ सस्था खोलिएका छन् । म्याग्दी एकता सेवा समिति यू ए इका अध्यक्ष शुशिल केसि जिल्ला बाट बिदेश आइ अप्ठ्यारोमा परेका जिल्ला बासि तथा नेपालमा बिभिन्न समयमा आउने प्राकृतिक प्रकोप मा परेका नेपालीलाइ सहयोग गर्न सस्था गठन गरिएको बताउछन् । यस्तो सस्था बाट जील्ला बाट कति मानिस बिदेशमा छन् भनि सहि तथ्याङक निकाल्न सकिने बताउछन् ।

यस्तै प्रवासि नेपाली मन्च अलआइन शाखाका इन्चार्ज इन्द्र घिमिरे नेपाल आर्मि बाट अवकाश प्राप्त व्यक्ति हुन् । बेला बेलामा उनि नेपालीहरुका बिभिन्न समस्याको बारेमा नेपाली दुताबासमा गएर छलफल पनि गर्ने गरेका छन् । व्यक्ति बिशेष ले जति कम्प्लेन गरे पनि वास्ता नगरिए पछि सस्था खोलेर सामुहिक आवाज उठाए पछि धेरै समस्या हल भएको उनको भनाइ छ । यता बिभिन्न संघ सस्थामा आवद्ध रहेका जनक बराल दशै तिहार जस्ता महत्वपूर्ण चाडमा पनि होम सिक हुन नदिएको खुसि पोख्छन् । उनि भन्छन् हामि सामुहिक चाड मनाउछौ र खुसि साटासाट गर्छौ ।

बिदेशमा खोलिएका यस्ता संघ सस्थाले बिदेशिएका नेपाली को लागि पक्कै पनि राम्रो नै हुन्छ तर ति सवै संघ सस्था खोल्न ति देशको कानुनले अनुमति भने दिदैन । कपि कलम बोकि खुल्ला ठाउमा बसेर सामुहिक छलफले गर्न पनि पाइदैन । तर पनि बिदेशिएका नेपालीलाइ समेट्न र परीआएको खण्डमा सामुहिक सहयोग गर्न बिभिन्न संग सस्था लागिपरेका छन् । कति संघ सस्थाले त बिदेशमा मात्र होइन नेपाल भित्र पनि दैबि प्रकोप आइ परेको बेलामा सहयोग गरेका छन् ।