नाटकमा केही नयाँ गरेर देखाउने योजना छ–कुमार सिंखडा

918 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धार्दिङ्ग कटुञ्जे ६, चरङ्गेका स्थायी बासिन्दा कुमार सिंखडा रंगमञ्चका आशालाग्दो कलाकार हुन् । उनी रंगमञ्चका अलवा बिभिन्न टेलिफिल्ममा पनि क्रियाशिल छन् । बिशेष गरी हाँस्यब्यङ्गयमा दख्खल राख्ने उनी अधिकांश राजनीतिक दलका प्रमूख नेताहरु र कलाकारहरुको हुबहु क्यारिकेचर गर्न सक्छन् । त्रिचन्द्र क्याम्पस, घन्टाघरमा बिए तेश्रो बर्षमा अध्ययनरत सिंखडा  २०६४ सालदेखि कलाकारीतामा क्रियाशिल छन् । उनी अहिले माउन्ट फायर थियटर ग्रुपका सक्रिय सदस्य हुन् । नाटक क्षेत्रमा केही गरौँ भनेर सक्रिय रुपमा लागिपरेका सिंखडासँग शम्भु दंगालले गरेको यो कुराकानी :

11051525_803944909653407_2092885396_n

कलाकारीतामा कसरी रुची लाग्यो ? 
म सानै उमेर देखि निकै रमाइलो गर्ने मान्छे थिँए । गाँउघरतिर पनि अरुलाई हँसाइराख्ने स्वभाव थियो । त्यो बेला प्राय टिभीमा म प्राय लोकदोहरी हेर्थेँ ।  बिनोद श्रेष्ठ, शंकर बिसीको नृत्य हेरेर म पनि त्यस्तै मोडेल बन्न सक्छु भन्ने लाग्थ्यो । म पनि त्यसरी नाँच्न सक्छु भन्ने लाग्थ्यो । पछि काठमाडौ आएर नृत्य सहित अभिनयकला सिकेँ । नृत्य भन्दा पनि मलाई अभिनयतिर नै बढी रुचि लाग्यो । अनि यतातिर ढल्किँए ।

शुरुवात कसरी गर्नुभयो ? 
मेरो अभिनय यात्राको शूरुवात नाटक बहुलाकाजीको सपनाबाट भएको हो । ३ बर्ष अघि निर्देशक जेवी रुवालीले मलाई बिद्यार्थीको रुपमा सानो भूमिका दिनुभएको थियो । पछि कृष्ण साह यात्रीले पनि समावेश गराउनुभयो । टेलिफिल्मतर्फ सन्तोष पन्तको हिजो आजका कुरा, हर्के हवल्दार, हुँदै किलो ट्याङ्गो माइक लगायतका टेलिफिल्ममा अभिनय गरेको छु । किलो ट्याङ्गो माइकमा लगभग २० भागमा प्रमूख भूमिकामा अभिनय गरेँ । अहिले चाँही आफ्नै नाट्य समूह माउन्ट फायर थिएटरमा मार्फत नाटक बहुलाकाजीको सपनाको प्रर्दशनका क्रममा छु । आदरणिय निर्देशक दाई सुरज अधिकारीसँगै पोखरामा केही शो गरेर काठमाडौं फर्किएको छु । नाटकमा नयाँ केही गरौ भनेर आजभोली साथीहरुसँग छलफलको क्रममा छौँ ।

तपाईका प्रेरणाका स्रोत को-को हुन् ?
बिशेषगरी म काठमाडौ आएर अभिनय प्रशिक्षण नलिदै मेरो आफ्नै भिनाजु तारा प्रसाद वस्तिले रेडियो नेपालको नाटकमा सहभागी गराउनुभयो । उहाले मलाई यस क्षेत्रमा लाग्न धेरै प्रेरणा दिनुभयो । वहालाई मेरो धेरै धेरै धन्यबाद छ ।
मैले र मेरो जोडी आर्दश घिमिरेले बिनोद श्रेष्ठसँग परिबर्तन नेपालमा प्रशिक्षण लिइरहेका थियौं । खासै केही अवसरहरु केही जुटेको थिएन । सुरज अधिकारी दाजु पनि त्यहाँ बेला बेला आइरहनुहुन्थ्यो । हामी प्रशिक्षण लिने अनि घर जाने मात्रै भइरहेको थियो । उहाले नाटक सिक्नेमात्र हैन यसलाई ब्यावहारिक रुपमा प्रयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यसपछि म सहित आबद्ध भएर २ बर्ष अगाडि हामीले माउन्ट फायर थियटरको स्थापना गरेका हौँ । म हाम्रो निर्देशक दाजु सुरज अधिकारीबाट पनि निकै प्रभावित भएको छु ।

ad1रंगमञ्चमा काम गर्न कत्तिको सजिलो छ ? संघर्ष कत्तिको गर्नुपर्छ  ?
पहिला चाँही सायद गाह्रो थियो होला । अहिले त रंगमञ्चमा पनि नयाँ प्रबिधिको प्रयोग हुन थालेको छ । पहिलाको हिसावमा अबश्य सजिलो छ तर आर्थिक पाटो अझै कमजोर नै छ । एउटा नाटक दर्शकसम्म पु¥याउन १५ देखि एक महिनासम्म कठिन अभ्यास गर्नुपर्छ । भर्खरै अघि बढेका यूवाहरुलाई आर्थिक पाटोले पनि उत्तिकै गाह्रो बनाउछ । बैकल्पिक आयस्रोत बाटो नहुनु अनि स्थापित भइसकेका कलाकारलाई जति साथ सहयोग नहुँदा समस्या चुनौती सिर्जना भइरहन्छन् ।
अर्को समस्या भनेको नेपालमा सबैतिर नाटक मञ्चन गर्न उपयुत्त रंगमञ्च अथवा हलको राम्रो ब्यवस्था छैन् । अस्ति पोखरा सभागृहमा दुखका साथ नाटक मञ्चन गरियो । साउन्ड सिष्टम, लाईट सबै कुराको अभाव रहेको पोखरा सभागृहको अबस्था निकै नाजुक रहेछ । यस्ता कुराले गर्दा पनि राम्रो तयारी गरेको नाटक दर्शकको अगाडी मञ्चन गर्दा कठिनाईको सामना गर्नुपर्छ ।  जे होस संघर्ष धेरै गर्नुपर्छ ।

नयाँ कलाकार, नयाँ नाट्य संस्थालाई दर्शकले रुचाउन्नन् र ?
नरुचाउने त म भन्दिन तर पनि स्थापित पूराना कलाकार प्रति बढी क्रेज हुँदो रहेछ । हामीले नयाँ टेस्ट दिँदा दर्शकले रुचाइनै रहेका छन् । तर शूरुमा झट्ट बिश्वास गर्न भने कञ्जुस्याँई गर्छन् । नयाँ कलाकार तिर पनि रुचि बढाइदिनुभयो भने नेपाली नाटकले आफ्नो बिकासको दायरा फैलन सहयोग पुग्छ ।
तपाईहरुले बिभिन्न क्षेत्रमा गएर नाटक बहुलाकाजीको सपना मञ्चन गरीरहनु भएको छ । दर्शकको उत्साह सहभागिता कस्तो छ रु
हामी अस्ति पोखरा गयौँ । त्यहाँको सभागृहमा हामीले यो नाटक मञ्चन गरेका थियौँ । यो कलेजको पाठ्यपुस्तकमा पनि भएको नाटक हो । बिद्यार्थी लगायतका अन्य पेशाका दर्शकहरुको उल्लेख्य सहभागिता रह्यो । धेरै बिद्यार्थीहरुमा नाटकप्रति क्रेज छ । त्यहाँ नाटक मञ्चन नहुने त हैन, भइ नै रहन्छ तर दश बाह्र बर्ष पछि यसरी बिद्यार्थीलाई लक्षित गरी नाटक मञ्चन भएको भन्दै दर्शकले खुसी ब्यक्त गरेका थिए । नाटकमा दर्शकको रुचि बढ्दै नै गएको छ ।

11057006_803944932986738_2054581117_n
अहिलेसम्म कति नाटक प्रर्दशन गर्नुभयो ?
अहिलेसम्म हामीले लगभग १५/१६ ओटा नाटक गरीसकेका छौँ । एक महिना अगाडी हामीले सबै राजनीतिक पार्टीका शीर्ष नेताहरुको उपस्थितीमा नाटक लोकतन्त्र मञ्चन गरेका थियौँ । हाम्रो माउन्ट फायर थियटरमा १२ जना कलाकार सक्रिय छौँ । म संयोजकको रुपमा क्रियाशील छु । हामी रंगमञ्च र सडक नाटक दुबै गछौँ । अब लगतै पर्यटन क्षेत्रको विकास गर्ने सम्बन्धी जनचेतनात्मक सडक नाटक गर्दैछौँ । यसअघि हामीले निर्वाचन आयोगको छोड्नै नहुने मौका शीर्षकमा सडक नाटक गरेका थियौँ ।

आगामी योजनाहरु के के बनाउनुभएको छ ?
जीवनभरी नै यो नाटक क्षेत्रमा काम गर्न पाँउ । जिवन नै यै क्षेत्रमा ब्यथित गर्छु म  । राजधानी काठमाडौमा मात्र हैन नेपालका कुना काप्चासम्म नाटकमार्फत चेतना छरौ भन्ने लाग्छ । भावी योजनामा नेपालमा मात्रै नभएर बिदेशमा रहेका नेपाली दाजुभाईलाई पनि नाटक देखाउने रहर छ । हेरौँ भाग्यले कक्तिको साथ दिन्छ । अहिले नै नाटकघर बनाउने योजना त छैन्, आर्थिक समस्याहरु पनि छन् । भबिष्य पछी हामी आफ्नै एउटा नाटकघर चाँही बनाउछौँ ।