गर्भवतीको पेटमा छुरा हानेर शिशु निकालियो

170 पटक पढिएको

प्रकाशित मिति: ९ चैत्र २०७१, सोमबार ०६:०७

सम्पादक: Dhading News

Michelle_Wilkins_993437690फोटो :डायनल क्याटरिसले छुरा हानिएकी महिला मिचेल विलकिन्स । तस्बिर : एजेन्सी
एजेन्सी : अमेरिकाको कोलोराडोमा एक सात महिनाकी गर्भवती महिलाको पेटमा छुरा हानेर शिशु नै निकालेको खबर आएको छ ।गर्भवती महिला मिचेल विलकिन्सको घरमा बच्चाको लागि कपडा खरिद गर्न पुगेकी संदिग्ध महिला डायनल क्याटरिसले उनीमाथि छुरा हानेर पेटबाट ‍शिशु नै बाहिर निकालिदिएकी हुन् । खराब नियतले पुगेकी क्याटरिसले गर्भवती मिचेललार्इ गम्भीर घाइते हुने गरी कुटपिट समेत गरेकी थिइन् ।

कुटपिटका क्रममा क्याटरिसले मिचेलको पेटमा छुरा हानेर गर्भमा रहेको शिशु नै बाहिर निकालिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छुरा हानेर पेट चिरिएपछि बाहिर निस्किएको शिशुको निधन भइसकेको छ । घटनापछि प्रहरीले उद्दार गरेर महिलालार्इ अस्पताल लगेपछि अहिले उनको उपचार चलिरहेको छ ।

मिचेल विलकिन्सको पेटमा छूरा हान्ने डायनल क्याटरिस उनका पतिको साथमा
लगमन्ट पुलिस अधिकारीका अुनसार २६ वर्षीया गर्भवती मिचेल विलकिनलार्इ गम्भीर घाइते हुने गरी कुटपिट समेत गरिएको थियो । आफूमाथि आक्रमण भएपछि ती महिलाले प्रहरीमा इमरजेन्सी कल गरेपछि उनको ज्यान भने जोगिएको छ ।तर, पुलिस अधिकारी घटनास्थलमा पुग्दा उनी बेहोस अवस्थामा लडेकी थिइन् । अस्पतालमा पुर्याएर डाक्टरले उपचार गरी होस खुलेपछि उनले पटक पटक आफ्नो शिशुलार्इ बचाइदिन हारगुहार गरेकी थिइन् । मिचेल पहिलो सन्तानकी आमा बन्ने तर्खरमा थिइन् ।

तर उनको होस खुल्नु अघि नै छुरा हानेर बाहिर निस्केको शिशुको ज्यान गइसकेको उनलार्इ पत्तै थिएन । अमेरिकन पुलिसले हमलामा संलग्न ३४ वर्षीया डायनल क्याटरिस लेनलार्इ गिरफ्तार गरिएको जनाएको छ । उनले प्रहरीसँग महिलाको पेट छुराले काटेर शिशुलार्इ बाहिर निकालिदिएको कुरा स्वीकार गरेकी छन् ।

लेनले प्रहरीलार्इ दिएको बयानका क्रममा आफूले मिचेललार्इ यसअघि नचिनेको बयान दिएकी थिइन् । अनुसन्धानका क्रममा क्याटरिस लेनले करिब १० वर्ष अगाडि एक दुर्घटनामा आफ्नो १९ महिनाको बच्चा गुमाएको कुरा खुलेको छ ।

पीडित महिला मिचेल विलकिन्स

– एजेन्सी / अन्नपूर्ण पोष्ट डट कमबाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ चैत्र २०७१, सोमबार ०६:०७ मा प्रकाशित

समाचार

सबै

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्। आगामी मंसिर १८ र १९ गते (डिसेम्बर ४ र ५.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

Categories