मलेसियाको पीडा: मेरै अगाडि साथीको टाउको काटे, नेपाल फर्कन्छु भन्ने सोचेकै थिइँन – 

293 पटक पढिएको

प्रकाशित मिति: ९ चैत्र २०७१, सोमबार ०८:०८

सम्पादक: Dhading News

DB-Malaysia-

                   कहालीलाग्दा भोगाइ सुनाउँदै डिबी सुनार

पातलो जिउडाल । निन्यारो अनुहार । सुकेका ओठ । खुलेर हाँसे पनि बनावटीजस्तो देखिने । तल्लो ओठ अलि उचालिएको थियो । ओठमा खैनी चापेका रहेछन् । भन्दै थिए, ‘यसो पीडा भुलाउन बेला, बेलामा खैनी चाप्ने गर्छु ।’ खैनीले उनको पीडा भुलाउँछ या बल्झाउँछ त्यो त उनैलाई थाहा होला । तर विगतको पीडाबाट पाठ सिकेर उज्यालो भविश्यको मार्ग कोर्न बागलुङदेखि काठमाडौंको माइक्रो यात्रामा थिए बागलुङ लेखानीका डिवी सुनार । ‘कति भयो नेपाल आएको ?’ प्रश्न भुइमा खस्न नपाउँदै जवाफ फर्काए, ‘दुई महिना । दुई हप्ता काठ्माडौँ बसेर औषधी खानु पर्‍यो । बाँकी समय गाउँको साथीभाईलाई विदेशको कथा सुनायो, बस्यो । अव नेपालमै केही गर्ने सोचमा छु । सायद रेष्टुरेण्ट खोल्छु होला ।’ जो कसैलाई लाग्छ, मलेसियामा दुई वर्ष ११ महिना बिताएर आएकाले टन्न पैसा कमाएका होलान् । विदेशी जीवन मोजमस्ती, रमाइलोमा बिताएका होलान् । डिबीले भने मोजमस्तीको होइन, मलेसियामा कहालिलाग्दो भोगाइको कथा सुनाउन थाले । जसरी गाउँका साथिभाईहरुलाई सुनाएर केहि दिन विताएका थिए । ‘मलेसियामा मुख्य कुरा सुरक्षा छैन । धन्न बाँचेर आइयो यही ठूलो कुरा हो’, डिबी कहालीलाग्दा दिनहरुतर्फ फर्कन्छन्, ‘बाँचेर नेपाल आउँछु भन्ने सोचेकै थिइँन । अव भुलेर पनि मलेसिया जाँदिन । बरु साउदी, कतार जान्छु ।’ २७ बर्षीय डिबी बाँचेर नेपाल त फर्किए तर नेपाल आएर करिव तीन हप्ता डिप्रेसनको औषधी खानु पर्‍यो । ‘मलेसिया हुँदा निद्राको औषधी नखाई निदाउन सक्ने थिएन, अहिले केही खानु पर्दैन’, डिबी पीडा बिसाएर मनलाई हलुको बनाउने प्रयास गर्छन् । उनी एसएलसी सक्काएर काठमाडौ आए । उच्च शिक्षाको पढाईसँगै दोहोरीमा पनि गाउन थाले । उनको साथीले बैदेशिक रोजगारीको लागि सल्लाह र जानकारी दियो, ‘ग्लोव प्याक गर्ने काम, महिनामा नेपाली २० हजार तलब, ओटीको अरु कमाई ।’ साथीको कुरालाई विश्वास गरी उनी मलेसियाको सपनामा भुल्न थाले । डेढ लाख खर्चेर मलेसिया पनि पुगे । तर काम रहेछ, फलाम काट्ने । ‘१२ घण्टा खटिएर काम गर्नु पथ्र्यो, तलब त्यस्तै नेपाली १०, १२ हजार हुन्थ्यो’, डिबीको आँखा रसिलो बन्छ, ‘एक महिना त सात हजार मात्र तलब आयो । त्यो पैसा खानेकी, घर पठाउनेकी, कोठा, पानी, बिजुलीको तिर्ने ।’ उनी काम गर्ने ठाउँमै आशु बगाउँथे । भन्छन्, ‘धेरै रोइयो सर, तर विरानो मुलुकमा मर्म बुझिदिने कोहि हुदो रहेछनछ ।’ १२ घण्टाको लगातार ड्युटी, त्यसमा पनि दिनहुँ साहुको अपाच्य गाली । यस्तै थियो उनको मलेसियन दैनिकी । आफ्नै अगाडि साथीको टाउको काट्यो माइक्रो आफ्नै रफ्तारमा थियो । धादिङको मलेखु क्रस भइसकेको थियो । पछिल्लो सिटमा बसेका डिबीका छेउछाउकाहरु पनि उनकै कुरा सुन्न उत्सुक देखिएका थिए । डिबी भने बिस्तारै आफ्नो पीडाको गाठो फुकाउँदै थिए । ‘बंगाली र झापाका नेपालीहरुको झगडा परेको थियो । एकदिन नेपालीले बंगालीको लागि गुण्डा लगाइदिएका रहेछन् । हामीलाई पहिल्यै सुचित गरिएको थियो । बाहिर कोही ननिस्कनु भनेर ।

तर मधेसी मुलका दुई जना गेट बाहिर बसेका थिए । उनीहरु पहिल्यैदेखि मलेसिया बस्दै आएकाले भाषा पनि राम्रै जानेका थिए । त्यसैले उनीहरुको रवाफ पनि छुट्टै थियो । बेलुकी गुण्डाहरु आए । चेनगेट फुटाले र बंगालीलाई खोज्न थाले । बंगालीहरु झ्यालबाट हामफालेर भागे । कतिको हातखुट्टा नै भाँचियो । गुण्डाहरुले बंगाली नभेटेपछि मधेशतिरका मेरै एकजना साथीको टाउको तरबारले काटिदिए । अर्को साथी भने भाग्ने मौका पाएछ ।’ यस्ता घटना मलेसियामा दिनकै हुने उनी बताउँछन् । मलेसियन सरकाले आफ्नो नागरिकको लागि राम्रो व्यवस्था गरेपनि नेपालीहरुको लागि केही नगर्ने उनको भनाइ छ । उनले मलेसियाको बास्तविकता बताउँछन्, ‘हामी बाटो हिडिरहेका हुन्छौँ। पछाडि तरवार हालेर गुण्डाहरु मोटरसाइकलमा आउँछन् र मोबाइल, पर्स माग्छन् । दियो भने ठीकै छ, दिएन भने बाटोमै तरबारले छप्काएर हिँड्छन् ।’ कोठामा पनि चोरी भैराख्ने उनी बताउँछन् । ‘एक दिन साहुको छोराले भनेको सानो काम एकजना नेपालीले मानेनछ’, अझ डरलाग्दो वास्तविकता सुनाउँछन् डिबी, ‘त्यसपछि साहुको छोराले उसलाई नदिको किनारमा लगेर चक्कुले छियाछिया पार्यो । अनि त्यस्तै घर पठाईदियो ।’ तेरो लास रातो बाकसमा पठाइदिन्छु ! यस्ता दृष्यहरु डिबीको आँखामा पलपल नाचिरहन्थे ।

ad1त्यसैले उनलाई लाग्थ्यो, ‘म अव घर फर्किदैन, मलेसियामा आएर मर्न लेखेको रहेछ ।’ उनी एकबर्षमै नेपाल फर्कन चाहिरहेका थिए । तर पाइरहेका थिएनन् । घर जान्छु भन्दा साहुले उल्टै दुई, तीन हजार रिंगेट माग्दो रहेछ । भन्छन्, ‘जानेबेला डेढ दुई लाख खर्च गरियो । फेरि दुई तीन लाख खर्च गरेर कसरी फर्कने ।’ एक दिन उनले साहुलाई घर पठाइदिन आग्रह गर्दै दरो मुटु पारेर भनेछन्, ‘म मरेपछि को जिम्मेवार हुन्छ । म घर जान चाहन्छु ।’ साहुको जवाफ सम्झँदा अहिले पनि डिबीको आङ सिरिंग हुन्छ । साहुको जवाफ थियो, ‘त मरेपछि कोहि जिम्मेवार हुँदैन । तेरो लास रातो बाकसमा हालेर पठाइदिने जिम्मा मेरो हो । त्यो गर्दिन्छु ।’ उनी अवाक बन्छन् । उनकै कुराले थानकोटको उकालो सकिएर, काठमाडौको कलंकी पनि आइपुग्छ । त्यसपछि भेट्ने बाचाका साथ डिबी र पंक्तिकारको बाटो अलग बन्छ । dainiknepal.com



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ चैत्र २०७१, सोमबार ०८:०८ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories