अस्ट्रेलियामा नेपालीः कहाँ बस्छन्, के गर्छन्, कसरी बाँचिरहेका छन् ?

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal_news10985510_10203457961361797_3586364909256444616_nझण्डै चार दशक अगाडि ४ जना नेपालीले पहिलो पटक अस्ट्रेलियाको भूमीमा पहिलो पाइला टेकेका थिए । क्विन्सल्याण्डको बि्रसवेन अन्तर्राष्ट्रिय एयरपोर्टबाट अस्ट्रेलिया प्रवेश गरेका ती नेपालीका बारेमा अहिलेसम्म प्रष्ट जानकारी पाउन सकिएको छैन् । ७०/८० को दशकमा नेपालीको अस्ट्रेलिया आगमन ज्यादैं न्यून संख्यामा भएको थियो । सन् २००० पछि भने अध्ययन र रोजगारीको गन्तब्यको रुपमा अस्ट्रेलिया नेपालीमाझ लोकपि्रय बन्दैं गएको हो । यो आलेखमा सन् २०११ मा भएको जनगणनामा नेपालीको स्थान के कस्तो छ भनेर विश्लेषण गर्न खोजिएको छ नेपाली पत्र डट कमले खबर लेखेको छ ।

अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस)ले गएको वर्ष सन् २०११ को अगस्त ९ मा जनगणना सम्पन्न गरेको थियो । सेन्सस अफ पपुलेसन एण्ड हाउजिङ अस्ट्रेलियाली तथ्याङ्क विभागले गर्ने सबैभन्दा ठूलो तथ्याङ्कीय सर्भे हो । यस्तो सर्भे त संसारका सबै देशहरुले गर्छन् र यसको महत्व पनि उति नै बढी छ । पछिल्लो समय भएको जनगणना चाहिँ अस्ट्रेलियाको १६ औँ जनगणना हो । यो गणनाका लागि ४३ हजारभन्दा बढी गणकहरुले ९८ लाख घरहरुमा १ करोड ४२ लाख फारमहरु वितरण गरेका थिए ।


१६ औँ जनगणनामा अस्ट्रेलियामा बसोबास गर्ने हर कोहीको बारेमा सूचना सङ्कलन गर्ने एउटा विशिष्ट अवसर हो । अस्ट्रेलियामा ९ अगस्त २०११ सम्म आइपुग्ने जोसुकैको पनि जानकारी राखिने हुनाले पनि यसको महत्व रहेको हो । गणनाले दिने जुन पुख्ता सूचना र जानकारी हुन्छ, यसले केन्द्र सरकार, राज्य सरकार, टेरिटोरिज र स्थानीय सरकारले आफ्ना जनताका लागि योजना बनाउने उत्तम अवसर हुन्छ ।

मूलतः मतदानका लागि यसको डिजाइन हुने गरेको भए पनि सरकारी कोषलाई योजनाबद्ध ढङ्गले वितरण गर्न र विकास निर्माणका कामलाई अघि बढाउन पनि यसको उत्तिकै भूमिका हुन्छ ।

त्यसो त जनगणनाको तथ्याङ्क सरकारलाई मात्र काम लाग्ने होइन्, सर्वसाधारणले पनि आफ्ना कुनै पनि व्यापार व्यवसाय गर्नका लागि आफ्नो क्षेत्र, स्थानमा भएको गणनाको तथ्याङ्कबाट फाइदा लिन्छन् । झन् ठूला-ठूला व्यवसायिक संस्थाले त यसबाट उठाउने फाइदा निकै ठूलो छ । त्यसैले पनि जनगणना हिजोआज मतदानका कुरामा मात्र सीमित नरही व्यापक अर्थमा यसको महत्व छ भन्ने बुझ्न सकिन्छ ।
जनगणनाले देशका हरेक व्यक्ति र घरका बारेमा सूचना लिने गर्दछ तर यसले मानिसको व्यक्तिगत सूचनाका बारेमा चासो राख्दैन् । एबीएसले मानिसको गोप्य सूचनाको हक कायम राख्ने हुनाले मानिसहरुले सूचना दिने सवालमा डराउनु पर्दैन ।

यो लेखमा हामीले अस्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुका बारेमा जनगणनाले के देखाउँछ भन्ने बारेमा छलफल गर्नेछौँ ।

नेपालमा जन्मेर अस्ट्रेलियामा बसोवास गर्नेहरु
सन् १९६४ मा क्विन्सल्याण्ड राज्यमा ४ जना नेपालीहरु आएका थिए । सन् २०११ सम्म आइपुग्दा नेपाली समुदायको उपस्थिति निकै गहन छ । सन् २००१ देखि २०१० सम्म २० हजारभन्दा बढी नेपालीहरु आइपुगेका र तिनको बाक्लो उपस्थिती न्यु साउथ वेल्समा रहेको देखिन्छ । सन् २०१० पछि मात्र न्यु साउथ वेल्समै बस्ने ट्रेन्डमा परिवर्तन आएको देखिन्छ ।

नेपालीहरु कहाँ बस्छन् ?

नेपालीहरु सबैभन्दा बढी बस्ने ठाउँ न्यु साउथ वेल्स राज्य हो । यहाँ ६२ प्रतिशत नेपालीहरु बसोबास गर्छन् । सबैभन्दा कम बसोवास गर्ने राज्यहरुमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, नर्दन टेरिटोरी र तास्मानिया रहेका छन् । त्यहाँ जम्मा ३ प्रतिशत नेपालीहरु मात्र बसोवास गरिरहेको देखिन्छ ।

नागरिकताको अवस्था


अस्ट्रेलियन क्यापिटल टेरिटरीमा बसोवास गर्ने नेपालीहरुले सबैभन्दा बढी अर्थात् १६ प्रतिशत नेपालीले नागरिकता लिएका छन् । त्यस्तै सबैभन्दा कम तास्मानियाका नेपालीहरुले नागरिकता लिएका छन् । नागरिकता लिनेहरुको प्रतिशत यहाँ ७ मात्र छ । भिक्टोरिया र पश्चिमी अस्ट्रेलिया अनि न्यु साउथवेल्सका नेपालीहरुमध्ये १७ प्रतिशतले नागरिकता लिएका छन् ।

नेपालीको बक्लो वसोवास रहेका राज्य र सवअर्वहरु

 

अस्ट्रेलियामा बसोवास गर्ने नेपालीले बोल्ने भाषा

९९ प्रतिशत नेपाली भाषा बोल्ने नर्दन टेरिटोरीमा बसोवास गर्छन् । उनीहरु घरमा नेपाली नै बोल्ने गर्दछन् । अन्य राज्यमा चाहिँ नेपाली बोल्नेहरुको प्रतिशत ९० देखि ९५ प्रतिशत छ । क्वीन्सल्याण्ड र अस्ट्रेलियाली राजधानी क्षेत्रमा बस्ने १० प्रतिशत नेपालीहरु अङ्ग्रेजी पनि बोल्ने गरेका छन् ।

आयः

माथिको चित्रले, २० प्रतिशतभन्दा बढ्ता नेपालीहरुले चार सय डलरदेखि पाँच सय ९९ डलर प्रति हप्ता कमाउने गरेको देखिन्छ । १ प्रतिशत नेपालीहरुले मात्र २ हजार डलर प्रति साता कमाउने गरेका छन् । अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा बसोवास गर्ने ४ प्रतिशतले मात्र २ हजार डलर वा त्योभन्दा बढी कमाएको देखिन्छ ।

२ हजार डलर प्रति साता कमाउने २८० जनामध्ये १३४ जना न्यु साउथ वेल्स बस्छन् । अर्को शब्दमा भन्दा, प्रति साता २ हजार डलरभन्दा बढ्ता कमाउनेहरुमा ४८ प्रतिशतभन्दा बढ्ता न्यु साउथ वेल्समा बस्छन् ।

व्यवसायः

अस्ट्रेलियामा व्यवस्थापक (म्यानेजर)का रुपमा काम गर्ने नेपालीहरु तीन प्रतिशत छन् । ७३६ व्यवस्थापकहरु मध्ये ५२४ जना न्यु साउथ वेल्समा बस्छन् । सबैभन्दा बढी चाहिँ कामदार (मजदूर)का रुपमा छन् । १४ प्रतिशत नेपालीहरु निजी सेवामा खटिएको देखिन्छ ।

उमेरः

२ हजार ६ सय २५ जना नेपालीहरु ० देखि २० वर्ष उमेर समूहका छन् भने ५१ वर्ष उमेर कटाएका ५०४ जना मात्र छन् । १४ हजारभन्दा बढ्ता नेपालीहरु २१ देखि ३० वर्ष उमेर समूहका छन् र तिनीहरुको प्रतिशत ५७ प्रतिशत रहेको छ ।

वैवाहिक अवस्था

नर्दन टेरिटोरीमा बसोवास गर्ने ६१ प्रतिशत नेपालीहरु विवाहित छन् । ५२ प्रतिशत विवाहिताहरु न्यु साउथ वेल्समा र क्वीन्सल्याण्डमा ४९ प्रतिशत विवाहित छन् । भिक्टोरीमा यो प्रतिशत ४९ छ भने अस्ट्रेलियन क्यापिटल टेरिटरीमा बस्नेहरुमध्ये ५५ प्रतिशत विवाहित छन् ।

धर्म

अस्ट्रेलियामा बसोबास गर्ने ७९ प्रतिशत नेपालीहरु हिन्दू धर्मावलम्बी छन् । १३ प्रतिशत चाहिँ बौद्ध धर्मावलम्बी छन् भने अन्य ८ प्रतिशतले अन्य धर्म मान्छन् । नर्दन टेरिटोरीमा बसोबास गर्ने ८५ प्रतिशत हिन्दू छन् । भिक्टोरियामा बस्ने १७ प्रतिशत बौद्ध छन् ।

लैङ्गिक विभाजन

न्यु साउथ वेल्स, भिक्टोरिया र तास्मानियामा बसोबास गर्ने पुरुषहरुको प्रतिशत ६० छ भने दक्षिण अस्ट्रेलियामा ५३ प्रतिशत पुरुषहरुको बसोबास छ ।

अर्को पुस्ता

१ हजार १ सय तीन जना पछिल्लो समय जन्मिएका छन् र जन्मिएका बालबालिकाहरुमध्ये कम्तिमा एक जना अभिभावक नेपाली छन् । दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको कम्तिमा पनि एक जना सन्तान छन् ।

तथ्याङ्क स्रोतः २०११ को सेन्सस अफ पपुलेसन एण्ड हाउजिङ (लेखक नापित जेपी, एमबीए, प्रोस्ट ग्राजुएट डिप्लोमा, आइटी)