चितवनमा स्वाइनफ्लुबाट ७९ जना संक्रमित

599 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन,चैत १० – जिल्लामा स्वाइनफ्लु संक्रमण भएका बिरामीको संख्या बढ्दै गएको छ । सोमबार अपराह्नसम्म ७९ जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

 जनस्वास्थ्य कार्यालयका अनुसार नेपालमा सबैभन्दा बढी संक्रमित चितवनमा छन् । जनस्वास्थ्य कार्यालयका भेट्रो कन्ट्रोल निरीक्षक राम केसीले चतवनमा भेटिएका ७९ जना संक्रमितमध्ये चितवनका मात्रै ६८ जना भएको बताए । यस्तै नवलपरासीमा ८,तनहुँ,रुपन्देही,गोरखा र पर्सा जिल्लाका एक–एक जना छन् । भरतपुर अस्पतालबाट २ सय ६१ जनाको रगतको नुमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमध्ये ७९ जनामा संक्रमण भेटिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

–