अवार्डको तयारी अन्तिम चरणमा

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11051176_1561003380820868_621976300_nनुवाकोट/नुवाकोटमा बैशाख ११ गते हुन लागेको प्रथम सुन्दरादेवी बागमती अञ्चल स्तरीय लोक दोहोरी अवार्डको तयारी अन्तिम चरण पुगेको आयोजक समितिका अध्यक्ष किरणप्रसाद अधिकारीले बताउनु भएको छ । नुवाकोटको ऐतिहासीक भुमीमा हुन लागेको यो अवार्डमा बागमती क्षेत्रका कलाकारको उत्साह जनकरुपमा सहभागीता रहेको आयोजकले जानकारी दिएका छन् । अवार्डको फागुन अन्तिमसम्म फर्म भर्ने म्याद रहेको थियो । उक्त अवार्डमा नेपाली चलचित्र तथा लोकदोहारीका हस्तिहरु उपस्थित हुने भएका छन् । नेपाली चलचित्रका वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका अध्यक्ष निर शाह लगायत अन्य चलचित्रकर्मीको सहभागी निश्चित भएको छ । अवार्ड बागमतीमा मात्र नभई देश भरी नै यतिखेर चर्चामा रहेको छ । यो अवार्डलाई नुवाकोटको पहिलो सामुदायिक टेलिभिजन टिभि त्रिशुलीले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । त्यसै गरी रेडियो त्रिशुली र रेडियो मेलम्चीले प्रत्यक्ष प्रशारण गर्ने छ । साथै www.radiomelamchhi.co बाट पनि संसार भर अनलाईनबाट सुन्न सकिने छ । यो अवार्डले कला र स्रष्टाको उच्च सम्मान हुने अधिकारी बताउछन् । यो अवार्ड मोफसलमा नै संचार क्षेत्रबाट पहिलो हो । कार्यक्रम नुवाकोट बट्टारमा रहेको जगदम्बा चलचित्र मन्दिरमा हुने भएको छ ।