प्रभुमा विलय भयो नेपाल विकास बैंक

1014 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prabhuखारेजीको प्रक्रियामा रहेको नेपाल विकास बैंक प्रभु बैंकमा विलय भएको छ । प्रभु बैंकले नेपाल विकास बैंक लिमिटेडको बाँकी सम्पत्ति खरिद तथा दायित्व एवं. जिम्मेवारी हस्तान्तरण गरिलिएको छ ।
यस सम्बन्धमा प्रभु बैंक लिमिटेड र खारेजीको प्रक्रियामा रहेको नेपाल विकास बैंक लिमिटेडका लिक्विडेटरबीच गत माघ ११ गते सम्पन्न अन्तिम सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकबाट फागुन ६ गते प्राप्त अन्तिम सहमति र  पुनरावेदन अदालत पाटनको फागुन २५ गतेको फैसलापछि प्रभुलाई नेपाल विकास  बैंक खरिद गर्न बाटो खुलेको हो । यस पश्चात नेपाल विकास बैंक लिमिटेडबाट ‘फिट एण्ड प्रोपर टेष्ट’ मापदण्ड पुरा गर्ने संस्थापक शेयरधनीहरु र सर्वसाधारण शेयरधनीहरुले नेपाल विकास बैंक लिमिटेडको ६ कित्ता शेयर बराबर प्रभु बैंक लिमिटेडको १ कित्ता शेयर प्राप्त गर्ने छन् । त्यस्तै सो मापदण्ड पुरा गर्न नसक्ने संस्थापक शेयरधनीहरु वा शेयर वापतको रकम नगद लिन चाहने संस्थापक शेयरधनीहरुले शेयर वापत प्रति कित्ता रु. ३०।– का दरले रकम प्राप्त गर्न सक्नेछन् । यसैगरी साबिक नेपाल विकास बैंक लिमिटेडका बचतकर्ताहरुले आप्mनो रकम प्रभु बैंकबाट भुक्तानी लिन सक्नेछन् भने ऋणीहरुको बक्यौता रकम असुली गर्ने अधिकार पनि बैंकमा नै रहेको छ ।