आलु किसानले उचित मूल्य पाएनन्

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

potatoes-445x300नुवाकोट, -नुवाकोटमा यसवर्ष आलुको उत्पादन अपेक्षा गरे भन्दा बढी फलेपनि किसानहरुले उचित मूल्य नपाएको गुनासो गरेका छन् । किसानहरु व्यावसायीक रुपमा आलु खेति तर्फ आकर्षित भएसगै नुवाकोटमा यसवर्ष आलु उत्पादनमा २० हजार मेट्रिकटनले वृद्धि भएको छ ।

गहु“ तथा तोरी लगायतका परम्परागत खेति छाडेर किसानहरु व्यावसायीक रुपमा आलु खेति गर्न थालेसगै आलु उत्पादनमा अपेक्षा गरेभन्दा एक तिहाईले बढी उत्पादन भएको कृषि विकास कार्यालय नुवाकोटका कृषि प्रचार अधिकृत नारायणप्रसाद न्यौपानेले जानकारी दिए । गएको वर्ष ४५ हजार मेट्रिक टन आलु उत्पादन भएकोमा प्रारम्भिक अध्ययन अनुसार यसवर्ष बृद्धिहुदै ६५ हजार मेट्रिक टन उत्पादन भएको कृषि कार्यालयको अनुमान छ ।

नुवाकोटमा उत्पादन भएको आलु खरिदको लागि काठमाडौ देखि पोखरा हुदैं नारायणघाट सम्मका व्यापारीहरु खरिदको लागि किसानको खेतसम्म नै पुग्ने गरेका छन् । नुवाकोटको बजारमा अहिले आलुको मूल्य प्रतिकिलो १४ देखि १७ रुपैया“सम्ममा बिक्रि भइरहेको स्थानीय किसान रामदान ढकालले बताए । लगानी अनुसारको मूल्य नपाएको भन्दै किसानहरु भने निराश भएका छन् ।

पछिल्लो तीन वर्ष देखि मूल्य बृद्धि नुहदा“ उत्पादन बढेपनि लगानी नै उठाउन गाह्रो भएको किसानको गुनासो छ । कम खर्चमा छोटो समयमै खेती गर्न सकिने आलुको मूल्य उचित पाए राम्रो आम्दानी गर्न सकिने भन्दै पछिल्लो समय नुवाकोटका किसानहरु आलुखेती तर्फ आकर्षिक हुदै“ गएका छन् । नुवाकोटमा गएको वर्ष ३२ सय हेक्टरमा लगाइएको आलु यस वर्ष ३५ सय हेक्टर भन्दा बढीमा लगाइको छ । नुवाकोटमा आलु उत्पादनको लागि चौघडा, खानीगा“उ, बेलकोट, गणेस्थान, नर्जामण्डप, खरानीटार लगायतको गाविसलाई पकेट क्षेत्रको रुपमा चिनिएको छ कारोवार डेलि डट कमले खबर लेखेको छ ।