प्रेम गर्ने व्यक्तिहरुको स्वास्थ्य राम्रो रहने

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

romantic-lifeसंसारभरिका वैज्ञानिकहरुले अलग अलग अनुसन्धानका नतिजाहरुको आधारमा प्रेम गर्ने व्यक्तिहरुको स्वास्थ्य राम्रो रहने बताएका छन् ।

मनोवैज्ञानिक डा. जोसेफ हुलेटले आफ्नो शोधमा दुखाईको क्षणमा यदि कुनै महिलाले आफ्नो श्रीमानको हात समातेको खण्डमा दुखाईमा कमी आउँछ ।

यसैगरी अर्को अध्ययनमा नियमितरुपमा अन्तरङ्ग सम्न्ध नबनाउने जोडीमा तनाव बढी हुने उल्लेख छ ।

खासगरी नियमित यौनसम्बन्ध राख्ने व्यक्तिहरुमा आक्सिटोसिन हर्मोनक उत्पन्न भएको हुँदा उनीहरु खुशी र प्रसन्न रहन्छन् साथै यस्ता व्यक्तिहरुमा रोग निवारणको क्षमता पनि बढेर जाने गर्दछ ।

अर्को एउटा अध्ययनले रोमान्टिक फिल्म हेर्दाखेरी पती र पन्तीले एकअर्काको हात समातेमा या अंकमाल गरे्मा रक्तचाप नियमित र नियन्त्रित हुने बताएको छ । अनुसन्धानहरुले एकाकी जीवन बाँच्ने मानिसहरुको तुलनामा वैवाहिक जीवनक बिताउनेहरुमा तनावबाट हुने मृत्युको सम्भावना कम रहन्छ ।

-एजेन्सी,