५८ औं सहकारी दिवस मनाउने सम्वन्धि सूचना

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

डिभिजन सहकारी कार्यालय धादिडको आयोजनामा मिति २०७१ चैत्र ११ गते जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ र स्थानिय सहकारी संस्थाहरुको उपश्थितीमा जिल्ला सहकारी संघ धादिडका अध्यक्ष्य श्री नेत्रराज पौडेलेका अध्यक्षतामा धादिडबेसीमा बैठक वसी यही चैत्र २० गते ५८औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
उक्त वैठकले सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघका अध्यक्ष श्री नेत्रराज पौडेलको अध्यक्षतामा डिभिजन सहकारी कार्यालय १, विषयगत जिल्ला सहकारी संघ ५ र धादिड जिल्लाका सहकारी संस्था ४१० सहित ४१७ सदस्य मूल समारोह समितिकोे गठन गरेको छ ।
५८ औं सहकारी दिवसको मूल नारा “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” भन्ने रहेकोछ ।
बैठकले धादिड जिल्लाका सहकारी संघ संस्थाले आफूलाई पायक पर्ने आफ्नो कार्यक्षेत्रमा कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाउन र जिल्लाको सदरमुुकाममा उपश्थित हुन सक्ने सहकारी संघ संस्थालाई सदरमुकाममा आयोजना हुने कार्यक्रममा सहभागी हन अनुरोध गरेको छ ।
सदरमूकाममा हुने कार्यक्रम
मिति २०७१ चैत्र १७ गते श्रोत परिचानल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा धादिडवेसीमा हुने रक्तदान कार्यक्रममा सहभागी हुने ।
मिति २०७१ चैत्र २० गते विहान ७.०० वजे संस्थाको व्यानरमा पुच्छार वजारमा उपश्थित भई सिरानवजार सम्म ¥याली गर्ने मन्चको कार्यक्रम गरी ¥यालीमा भाग लिने उत्कृष्ठ संस्था लाई पुरस्कृत समेत गर्ने
वर्षभरीको कार्य सम्पादनमा उत्कृष्ट ठहर भएका संस्था, संचालक र कर्मचारी मध्ये एक एक लाई पुरस्कृत गर्ने ।
बैठकवाट मिति २०७१ चैत्र २० गते विहान हुने ¥यालीको स्वतन्त्र मूल्यांकन गर्न नेपाल पत्रकार महासंघ धादिडलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

कृष्ण बहादुर  बोहोरा
सहकारी अधिकृत