मैदीलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा बुर्लाकोटीको जोड

507 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Guru_20150328074710काठमाडौं, चैत्र १४ – धादिङ क्षेत्र नं. २ का सभासद् गुरुप्रसाद बुर्लाकोटीले जिल्लाको मैदी गाविसलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिनु भएको छ  ।

मैदी समाजिक विकास समाजले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बुर्लाकोटीले मैदीकोट भगवती मन्दिरको ऐतिहासिकतबारे जानकारी दिनु भएको थियो  । उहाँले उक्त मन्दिरमा तत्कालिन राजा पृथ्वीनारायण शाहको ब्रतबन्ध गरेको उल्लेख गर्दै धार्मिक र साँस्कृतिक पर्यटकलाई आकर्षण गर्न सकिने बताउनु भयो  ।

सभासद् बुर्लाकोटीले मैदीकोट भगवती मन्दिरको जिर्णोद्वार गर्नुपर्नेमा जोड दिनु भयो ।उहाँले  मन्दिरका लागि सांसद कोषबाट २ लाख रुपैयाँ यसअघि नै दिनु भएको थियो  ।

सभासद् बुर्लाकोटीले बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना सफल बनाउन धादिङवासी जनतालाई आग्रह समेत गर्नु भयो ।  ।