पाइन्ट नै नलगाई सडकमा गायिका

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lady-gaga-5513e612ec08f_2यस्तो पनि हुन्छ र भन्या, संसारभरी प्रसिद्ध एक गायिका पाइन्ट नै नलाई सडकमा निस्किइन रे । त्यसो त यी गायिका आफ्नो कला भन्दा पनि चर्तिकलाका कारण प्रसिद्ध छिन् ।
अनुमान लगाउनु भएको छैन भने कुरा हो लेडी गागाको । युएसम्याग्जिनमा प्रकाशित खबर अनुसार हालसालै पप गायिका लेडी गागा टीशर्ट र पाइन्ट मात्रै लगाएर सडकमा घुमिरहेकी देखिइन । उनलाई देख्दा यस्तो लाग्थ्यो, मानौं उनी हतारमा पाइन्ट लाउन नै बिर्सिइन होला ।
तर कुरा त्यसो थिएन, लेडी गागाले आफैले जानीबुझी पाइन्ट लगाएकी थिइन । एक हातमा पर्स समातेर मस्त चालले हिंडिरहेकी गागालाई आफ्नो यो ड्रेसअपले कुनै अप्ठ्यारो भएजस्तो लाग्दैनथ्यो । हेर्नुस्त् तस्वीर । तपाईलाई पनि यस्तो स्टाइल त मन परेन । तर होस गर्नु होला नि ।
लेडी गागाले यस्तो पहिलोपटक गरेकी भने होइनन् । यसअघि पनि कैयन् सार्वजनिक समारोहमा उनी यस्तै किसिमका उट्पट्यांग तालको प्रस्तुतीले चर्चामा रहँदै आएकी छिन् ।