८० प्रतिशत नेपालीमा गिजाको समस्या

1833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं चैत १३ । नेपालमा ८० प्रतिशत नागरिकमा गिजाको समस्या देखिएको छ । झण्डै ८२ प्रतिशत नेपालीको दाँतको दुखाई किराले खाएर हुने गरेको पाइएको छ एभरेष्ट दैनिक ले खबर लेखेको छ ।

gingivitis मुख तथा दन्त स्वास्थ्यमा चासो नदिएका कारण यस्तो समस्या निम्तिएको कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले सात वर्ष लगाएर गरेको एक अध्ययनले देखाएको छ ।
गिजा सम्बन्धी समस्या भएकामध्य झण्डै १५ प्रतिशतमा मुखको क्यान्सरको पहिलो चरण अर्थात अल्सर भएको पाइएको छ । कलेजले विभिन्न २८ जिल्लामा शिविर संचालन गरेको थियो । ती शिविरमा एक लाख १५ हजार १ सय ६९ जनाको मुख तथा दन्त स्वास्थ्य परीक्षण भएको र ती मध्ये ६७ हजार ३ सय ७२ जना विद्यार्थी रहेको जनाइएको छ ।