हराएको ९३ हजार प्रहरीले सम्वन्धित व्यक्तिलाई बुझाईदियो

417 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आरुघाट१७ चैत- पदयात्रामा निस्किएकी पर्यटक महिलाले बिच वाटोमा हराएको नगद र अन्य कागजपत्र भएको झोला इलाका प्रहरी कार्यालय आरुघाट गोरखाको प्रहरी टोलीले फेला पारेर सम्वन्धित व्यक्तिलाई फकार्ईदिएको छ । म्नास्लु ट्रेकिङमा जांदै गरेकी अष्ट्रेलियन महिलाले हराएको नेपाली ९३ हजार रुपैया वराबरको विभिन्न देशका मुद्रा र महत्वपूर्ण कागजात सहितको झोला मंगलवार विहान सडकमा फेला पारेर सम्वन्धित व्यक्तिलाई बुझाईदिएको हो ।
गस्तिमा रहेको प्रहरी टोलीले गोरखाको आरुचनौटे गाविसको आरुघाट वजार नजिकै मंगलवार विहान ८ वजे तिर सडकमा फेला पारेको महिलाले वोक्ने हरियो रंगको हाते झोला खान तलासी गर्दा ११ सय ३५ अष्ट्रेलियन डलर,३५ अमेरीकी डलर, ३ हजार ७ सय २० रुपैया नेपाली रुपैयाका साथ २ वटा भिसा कार्ड फेला परेको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक रविन्द्र खनालले जानकारी दिनु भयो ।
प्रहरीले फेला पारेको व्यागमा रहेको रकम र कागजपत्रको खोजी गर्दै ११ वजे तिर अष्टे«लियन नागरिक म्भदयचबजव धययमजयगकभ प्रहरी कार्यालयमा आएपछि भेटिएको झोला भित्र रहेको रकम, अन्य सामानको वारेमा सोधपुछ गर्दा र उनीसंग भएको कागजपत्र जांच बुझ गर्दा सोही व्यक्तिको भएको पुष्टि भएपछि उनलाई फिर्ता गरिएको खनालले वताउनु भयो ।